लन्डन, नेपाली पप गीतहरुको संगालो “अल्झिएको सोच” नामक गीति एल्वम हालै मात्र सार्वजनिक भएकोछ । बिशाल गुरुंगको शव्द संगीत तथा स्वरमा सजिएको उक्त एल्बममा विभिन्न खालका ८ वटा गीतहरु समावेस गरिएकाछन । म्यूजिक नेपाल र नेपाल म्यूजिक सेन्टरको सयुक्त प्रस्तुतिमा तयार गरिएको यस गीति एल्बमको कभर संग “अल्झिएको सोच” को म्यूजिक भीडीयो पनि यूट्युब मार्फत म्यूजिक नेपालले भर्खरै मात्र सार्वजनिक गरेकोछ । बिशाल गुरुंगको स्वर र संगीतको यस गीतमा आशिस गुरुङ र निश्चल गुरुंगको शव्द रहेकोछ । सानै देखि गित संगीतमा चासो दिदै आउने बिशाल गुरुङ हाल एकदशक देखि बेलायतमा बसोवास गर्दै आएकाछन । नेपाल काठमाडौँ ज्ञानेश्वर घर भएका बिशाल नेपाली गित संगीतलाई भावी पुस्तामाझ पनि निरन्तरता दिलाउंदै जाने सोचमा छन् । आफ्नै सोखका कारण यस क्षेत्रमा लागेका विशालले कुनै किसिमको प्रशिक्षण भने लिएका छैनन् । स्कुल कलेजदेखि नै कार्यक्रममा सहभागिता जनाउंदै आउने र साथीभाईहरुसंग बेला बेलामा गाउने गरेकालेनै आफूलाई प्रोत्साहन मिलेर यस क्षेत्रमा लागेको उनको भनाइ छ । बेलायतमा पनि कहिलेकाहिं कार्यक्रममा गाउदै आएको र अब भने यस क्षेत्रलाई अलि बढी समय दिने उनको सोच रहेकोछ । उनले अरु पनि थुप्रै गीतहरु तयार गरिसकेकाछन तर एल्वम निकालेर विक्री गर्ने अवस्था नभएकाले अहिले हतार नगर्ने उनको धारणा छ ।
अल्झिएको सोच म्यूजिक भीडीयो हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
अल्झिएको सोच Jukebox