• Home
  • विविध
    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना

ट्रेण्डिङ :

        कोरोना एनआरएनए यूके कोरोना NRN nrna नेपाल भ्रमण वर्ष नेपाली मेला नेपाल कोरोना पत्रकार महासंघ यूके बेलायत कोरोना

फेसबुकको प्रयोग र दाम्पत्य जीवन – अडियो सहित


  •     / १२ जेष्ठ २०७३, बुधबार १७:४५ प्रकाशीत

  • Advertisement

    सुन्नको लागि प्ले बटनमा क्लिक गर्नुहोला ।

    http://www.gurkharadio.com/wp-content/uploads/2016/05/facebook-and-marrieage.mp3

    Facebook-heartफेसबुक र बैबाहिक जीवनबीचमा निकै ठूलो सम्बन्ध रहेको एक अनुसन्धानले बताएकोछ । हुन् त फेसबुकबाट थुप्रै फाइदाहरु पनि नभएको होइन तर यसलाई सहि रुपमा प्रयोग गर्न नसक्दा यसले मानव जीवनमा ठूलो संकट पनि पुर्याउदै आएको प्रशस्त उदाहरणहरु सुनिएका छन् । भर्खरै मात्र गरिएको एक अनुसन्धानले जनाएअनुसार फेसबुकको लतमा लाग्नेहरुमध्य झन्डै आधामा यसको असर पुगेको देखाएकोछ । स्टप प्रोक्रास्टिनेटिंग नामक एक संस्थाद्वारा लगभग ५ हजार फेसबुक प्रयोगकर्ताहरु माथि गरेको अनुसन्धानका अनुसार ४७ प्रतिशत प्रयोगकर्ताले विभिन्न किसिमले धोकाको सिकार हुने गरेको बताएकोछ । फेसबुकका कारण मानिसमा हुने रोमान्टिक सम्बन्धलाइ निकै असर पर्न गएको तथ्य पत्ता लागेकोछ । गत अप्रिल महिनामा करिव ३३ वर्ष उमेरका व्यक्तिहरुका विचमा यो अनुसन्धान गरिएको थियो । २६ प्रतिशत फेसबुक प्रयोगकर्ताहरु आफ्ना पार्टनरबाट उपेक्षित महसुस गर्ने गरेको र उनीहरुबीच झगडा हुने गरेको तथा आफ्नो पार्टनरलाइ भन्दा फेसबुकलाई बढी समय दिने गरेको रहस्य खुलेकोछ ।o-PARENTS-DIVORCE-facebook ४७ प्रतिशत प्रयोगकर्ताहरु चिटिंगको मारमा परेका र ४४ प्रतिशतले आफ्नो जिन्दगीको रोमान्टिक क्षण नै गुमाएको बताइएकोछ् । ४६ प्रतिशतले इर्श्याका कारण आफ्नो पार्टनरको फेसबुक चेक गर्ने गरेको र २२ प्रतिशत विवाहित मानिस फेसबुकका कारण अरु संग नै रोमान्स गर्ने गरेको पनि अध्ययनले देखाएकोछ । यौन जीवनलाई पनि फेसबुकले ह्रास पुर्याउने काम गरेको तर्क ३२ प्रतिशत प्रयोगकर्ताले बताएकाछन । झन्डै १७ प्रतिशत् महिला प्रयोगकर्ताले भने फेसबुककै माध्यमबाट भूतपूर्व ब्वाईफ्रेन्डसंग पुन सम्पर्क गरेर सम्बन्ध बिच्छेद गरेको बताएकाछन । उक्त अनुसन्धानका अनुसार लगभग ६७ प्रतिशत फेसबुक प्रयोगकर्ताहरुले सम्बन्ध बिच्छेद्मा फेसबुकको भूमिका रहेको बताएकाछन । सिमित व्यक्तिकाबीच गरिएको यस अनुसंधानले करोडौंको संख्यामा रहेका फेसबुक प्रयोगकर्ताहरु सबैलाई त नसमेट्ला तर वर्तमान परिप्रेक्ष्यलाई हेर्ने हो भने फेसबुक मात्र नभएर अन्य सम्पूर्ण सामाजिक संजालहरुले नै मानव जीवनको आत्मीय संबन्धमा ठूलो प्रभाव पारिराखेकोछ । Main-Facebookआफूले गर्नुपर्ने जरुरि कुराहरुलाई नै बेवास्ता गरेर फेसबुकमा स्टाटस अपडेट गर्नु अहिले सबैको दिनचर्या नै बनिसकेकोछ । यसरी हेर्दा फेसबुकबाट फाइदा र बेफाइदा दुवै देखिएकाछन् तर यसलाई सहि रुपमा सदुपयोग गरेर जाने हो भने पक्कै पनि लाभदायक नै हुनेछ । विशेषगरि वैवाहिक जीवनमा बाँधिएकाहरुले फेसबुकलाई अत्यन्त सावधानीका साथ् प्रयोग गर्नुपर्दछ नकी तेस्ले गर्दा दुवैको जीवन नै अन्धकार बन्न नपुगोस ।
    फोटो साभार-अनलाइन

    Like this:

    Like Loading...

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    केन्द्रिय मगर संघ यूकेको युवा विभाग अध्यक्षमा दीपक थापा माइथाने
    गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा
    संघीय संसद्को हिउँदे अधिवेशन ||LIVE||
    Advertisement
    ताजा अपडेट
    • १. क्यामन आइल्यान्डमा नेपाली दूतावासले घुम्ती राहदानी सेवा शिविर सञ्चालन गर्ने

    • २. हरि बुढामगरको नयाँ कीर्तिमानी, सातै महाद्वीपका सर्वोच्च शिखर आरोहण

    • ३. हरि बुढामगरले कायम गरे विश्व कीर्तिमान, अपाङ्गतालाई चुनौती दिँदै ‘सेभेन समिट’ पूरा

    • ४. पहिचान र अस्तित्वबीच परदेशका तीन दशक

    • ५. क्रिसमस पर्वमा झलमल्ल सिंगारिएको लन्डन

    धेरै पढिएको
    © 2016-2024 Gurkha Radio- गोर्खा रेडियो | All rights Reserved.
     Website By :  WebsoftNepal

    Gurkha Radio- गोर्खा रेडियो

    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
      • Back
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना
      • Back
     

    Loading Comments...
     

      %d