• Home
  • विविध
    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना

ट्रेण्डिङ :

        कोरोना एनआरएनए यूके कोरोना NRN nrna नेपाल भ्रमण वर्ष नेपाली मेला नेपाल कोरोना पत्रकार महासंघ यूके बेलायत कोरोना

अमेरिकामा चलचित्र “जिन्दगी रक्स”को भव्य सफलता


  •     / १२ जेष्ठ २०७३, बुधबार ०९:२४ प्रकाशीत

  • Advertisement

    aseka-bista-_saurav-raj_usa-2वाशिंगटन डिसी । न्युयोर्कमा गत मे २२ तारिख हरेक बर्गका मानिसहरुको जीवनको यात्रालाई परिकल्पना गर्दै तयार पारीएको नेपाली चलचित्र “जिन्दगी रक्स” प्रदर्शन गरिएको छ । उक्त चलचित्रको अवलोकन पश्च्यात न्यूयोर्कमा रहेका नेपाली दर्शकले राम्रो सकारात्मक प्रतिक्रिया दिदै राम्रो चलचित्र लागेको बताएका छन् । चलचित्रमा अकेशा बिष्ट ,सौरम राज तुलाधर, प्रक्रिती श्रेष्ठ, सोनम पाह्रिन, बिक्की पुलामी, मकन राइ, रिचा शर्मा ,राजेन्द्र खड्की तथा बिनोद मैनालीको मुख्य भूमिका रहेको छ । निकेश खड्काको निर्देसन तथा निर्माता बिरेन्द्र राज तुलाधर तथा सुजाता श्रेष्ठको संयुक्त हातेमाले रहेको छ । चलचित्र नायिका अकेशा बिष्ट पत्रकारिता बिषयमा न्युयोर्कमा अध्ययनरत छिन भने उक्त चलचित्रका नायक सौरम राज तुलाधर पनि अभिनयको लागि न्युयोर्क मै अध्यनरत छन् । नायिका अकेशा बिष्ट तथा नायक सौरम राज तुलाधरले बिदेशमा त्यस्मा पनि न्यु योर्कमा आफुले अभिनय गरेको चलचित्र प्रदर्शन गर्नु र नेपाली दर्शक माझ संगै हेर्न पाउनु हाम्रो लागि सौभाग्य हो भने । हामीले अभिनय गर्ने हो तर दर्शकले चलचित्रलाई मुल्यांकन गर्ने हो भन्दै दर्शकले राम्रो भनि दिएकोले हामी निकै उत्साहित भएको नायक तुलाधर तथा नायिका बिष्टले एकै स्वरमा बताए । नेपालमा प्रदर्सन भई सकेको चलचित्र ‘जिन्दगी रक्स’ ले नेपालीहरुको उत्साह्जनक समर्थन र प्रशंसा पाए को थियो l नेपालमा राम्रो चर्चा बटुलेको कारण न्यूयोर्कमा उक्त चलचित्रको माग भएकोले प्रदर्शन गरिएको हो । कलाकारहरु नायिका बिष्ट तथा नायक तुलाधर को साथै बिक्की पुलामी पनि न्यूयोर्क आइ पुगेका छन । मे २२ २०१६ आईतवार न्यूयोर्कको ह्योल्मो सामुदायिक चलचित्र मन्दिरमा प्रदर्सन गरिएको चलचित्रमा न्यूयोर्कमा बस्ने नेपालीहरुको बाक्लो उपस्थितीले नेपालबाट आयका कलाकार र आयोजक सैलेश श्रेष्ठ निकै उत्साहित भएका छन् । दर्शकले चलचित्र गुणात्मक लागेको बताउदै कलाकारहरुसँग तस्बिर खिचाएका थिए भने केहि दर्शक ले न्यूयोर्कमा पुन प्रदर्सन गर्न आग्रह तथा सुझाब दिएका थिए । जिन्दगी रक्स चलचित्र पुन: न्यूयोर्क, टेक्सास ,लगायत अन्य राज्यहरुमा प्रदर्सन हुने जानकारी आयोजक सैलेश श्रेष्ठले जानकारी दिएका छन् ।
    फिल्मको ट्रेलर्स हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।


    विजय थापा

    Like this:

    Like Loading...

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    केन्द्रिय मगर संघ यूकेको युवा विभाग अध्यक्षमा दीपक थापा माइथाने
    गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा
    संघीय संसद्को हिउँदे अधिवेशन ||LIVE||
    Advertisement
    ताजा अपडेट
    • १. क्यामन आइल्यान्डमा नेपाली दूतावासले घुम्ती राहदानी सेवा शिविर सञ्चालन गर्ने

    • २. हरि बुढामगरको नयाँ कीर्तिमानी, सातै महाद्वीपका सर्वोच्च शिखर आरोहण

    • ३. हरि बुढामगरले कायम गरे विश्व कीर्तिमान, अपाङ्गतालाई चुनौती दिँदै ‘सेभेन समिट’ पूरा

    • ४. पहिचान र अस्तित्वबीच परदेशका तीन दशक

    • ५. क्रिसमस पर्वमा झलमल्ल सिंगारिएको लन्डन

    धेरै पढिएको
    © 2016-2024 Gurkha Radio- गोर्खा रेडियो | All rights Reserved.
     Website By :  WebsoftNepal

    Gurkha Radio- गोर्खा रेडियो

    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
      • Back
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना
      • Back
     

    Loading Comments...
     

      %d