लण्डनमा शिव र शर्मिला साँझको आयोजना हुँदै

SHIVA AND SHARMILAलण्डन, चर्चित गायक शिव परियार र गायिका शर्मिला बर्देवाले यहि मे २७ तारिखका दिन साँझ लण्डनको हाउन्सलोमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । रेडियो राहिनो र अन्सु इन्टरटेनमेन्टले संयुक्त रुपमा हाउन्सलोको फेल्थम कम्युनिटी कलेजमा ‘शिव र शर्मिला संग एक साँझ” आयोजना गर्न लागेको हो । नेपाली नयाँ वर्ष मनाउने क्रममा बेलायत आएका शिब परियारले विभिन्न शहरहरुमा आफ्नो प्रस्तुति दिएका छन् । केही साता अघि मात्र पोल्याण्डमा भएको कन्सर्ट सकेर बेलायत आईपुगेका शिवले लण्डनका श्रोताहरुलाइ कार्यक्रममा आउन आग्रह गरेका छन् । आफ्ना चर्चित गजलहरुका साथ आधुनिक गितहरु पनि गाउने बताउदै शिवले लण्डनमा यस वर्ष यो अन्तिम शो हुने जानकारी दिए । ‘पागल बनायौ प्रिय’, ‘पिउदिन भन्दा भन्दै पिलायो साथीले’ , ‘क्या दामी भो’ , ‘अलिकति नजर तिम्रो’ लगायतका उत्कृष्ठ गीतहरु गाउने छन् । यसै गरि सपरिवार लण्डनमा बसोवास गर्दै आएकी गायिका शर्मिला बर्देवाले पनि आफ्नो चर्चित गितहरु , आँखैमा झल्झली , फुलको जवाफ , तस्बिरमै यस्तो जस्ता सुमधुर गीतहरु को साथै नयाँ गित पनि प्रस्तुत गर्ने बताईन । कार्यक्रमको उद्घोषण भने मिस यू.के. नेपाल २०१३ कि बेजेता दुर्गा गुरुङले गर्ने भएकी छिन । नेपाली मौलिक परम्परागत नृत्य र डीजे चांदको बिशेष सेस्सन कार्यक्रमका बिसेष आकर्षण हुने आयोजकले जनाए । कार्यक्रमबाट उठेको रकम मध्येबाट केही रकम लम्जुङ्गका बालबालिकाहरुको लागि सहयोग गरिने आयोजकका तर्फबाट दिनेश कुमार परियारले जानकारी दिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित