लन्डन- आज मे २० तारिख शुक्रवारका दिन साँझ बेलायतवासी नेपालीहरुले बेलायतको संसद भवन अगाडी बुद्ध जयन्ती मनाउने तयारी गरिरहेकाछन । आज साँझ लण्डनको पार्लियामेन्ट स्क्वाएर अगाडी बुद्ध जयन्ती तथा दीप प्रज्वलन गरिने कार्यक्रम छ । यसका साथै भूकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झना तथा शान्तिको लागि कामना गर्दै दीप प्रज्वलन गरिनेछ । गौतम बुद्धको जन्म्स्थलको बारेमा विभिन्न द्विविधाहरु उत्पन्न भैरहेको बेला बुद्धको जन्मस्थान नेपाल नै हो भनेर चिनाउन तथा नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने आयोजकको धारणा रहेकोछ । सोहि अवसरमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बुद्ध जयन्तीको अवसरमा आफ्नो शुभकामना संदेश दिएका छन् । नेपाली दूतावासमार्फत पठाईएको उक्त शुभकामना संदेशमा नेपाल-बेलायत बिचको सम्बन्धले २०० वर्ष पूरा गरेको सम्झना गर्दै प्रधानमन्त्री क्यामरुनले बुद्धको जन्मभूमी नेपाल लगायत विश्वभरका बुद्ध धर्मावलम्बीहरुलाई २५६०औं बुद्ध जयन्तीको शुभकामना दिएका हुन् । तेस्तै गरि नवनिर्वाचित लन्डन मेयर सादिक खानले पनि आफू उपस्थित हुन नसकेको भन्दै शुभकामना शन्देश पठाएकाछन् । बुद्द जयन्ति कार्यक्रमलाई नेपाली राजदूतावास बेलायत, ब्रिटिश एम.पी.हरु, बिभिन्न संघसंस्था र त्यसका प्रतिनिधि लगायत सर्वसाधारणबाट उल्लेखनीय सहयोग रहेकोछ । अहिले सम्म करिब ६ दर्जन नेपाली संघसंस्थाहरु र एक दर्जन भन्दा बढी बेलायतबाट संचालित संचार माध्यमहरुले एक्वेबद्द्ता जाहेर गरिसकेका छन् । कार्यक्रममा, नेपाली राजदूतावासका प्रतिनिधि, बेलायती एम.पी. वीरेन्द्र शर्मा, एम.पी. सीमा मलहोत्रा जी.एल.ए.मेम्बर, काउन्सिलर लगायत बुद्द धर्म गुरु लामा पाल्देन तामाङ,संघसंस्थाका प्रतिनिधि, सर्वसाधारणको उल्लेखनीय सहभागिता हुने अपेक्षा गरिएको छ ।