लन्डन, नेपलिज ब्रिटिश कम्यूनिटी (एन. बि. सी.) यूकेले बेलायत ,लेस्टर मा बस्ने अग्नि पिडित एक नेपाली मित्र मधुसुदन आचार्यको परिवारलाई एक कार्यक्रमका बिच राहत सहयोग हस्तान्तरण गरेकोछ ।
गत अप्रिल २१ गते बिहिबारका दिन आचार्यको घरमा आगो लागि भइ शरिरमा लगाएको एक सरो कपडा बाहेक सम्पूर्ण सरसामान खरानी भएको खबर बिभिन्न पत्रपत्रिका मार्फत जानकारी पाए पछि पीडित आचार्य परिवारको सहयोगको लागि एनबिसी यूकेले सामाजीक सहयोग र उद्धारकों भाबनाका साथ सस्थाका सदस्यहरू बिच राहत सहयोग संकलन अभियान संचालन गरेको थियो । यसरी सस्थाका सदस्यहरूको बिचबाट संकलित नगद राहत सहयोग ५५७ पाउण्डको चेक आज नेपाल डाईन, क्याटरिग नर्थहेम्टन मा एक बिशेष कार्यक्रमका बिच सस्थाका कोओर्डिनेटर कमल राज खनाल ज्यूले आचार्य परिवारलाई हस्तान्तरण गर्नुभयो । उक्त सहयोग हस्तान्तरण कार्यक्रम लाई समायोजन गरिदिनुहुने शिर्जनसिल लेस्टर , यूकेका अध्यक्ष पशुपती पोखरेलले समाजमा घट्ने यस्ता अप्रिय घटनाहरूलाई सामाजीक संघ सस्थाहरूले एक आपसमा भाईचारा सम्बन्ध राखी सहयोगको आदान प्रदान गर्नु र सामाजीक सहयोगको भाबनाको बिकास गर्नु पर्दछ भन्दै एनबिसी यूकेलाई हार्दिक धन्यबाद ज्ञापन गर्नु भयो। सहयोग हस्तान्तरण कार्यक्रममा एनबि सी यूकेको तर्फबाट कोषाध्यक्ष राजेन्द्र ओझा तथा कार्यसमिती सदस्य ऋषि खनाल ज्यू सहभागी हुनुभएको थियो भने अन्य स्थानीय ब्यक्तिहरूको उपस्थिती भएको कुराको जानकारी सस्थाका सचिब मिलन घिमिरे जानकारी दिनु भयाे ।
एन.बि.सी. यूकेद्वारा अग्नी पीडित मधुसुदनलाई सहयोग
एन.बि.सी. यूकेद्वारा अग्नी पीडित मधुसुदनलाई सहयोग
तपाईको प्रतिक्रिया