हावा र पानीबाट बिजुलीको आविष्कार हुनुलाई अहिले सामान्य मान्न थालिएकोछ तर आवाजको माध्यमबाट पनि बिजुली निकाल्ने कुरा सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । वास्तवमा हावाबाट बिजुली निकाल्ने प्रविधिलाई यथार्थता दिनको लागि नयाँ निर्देशक नवीन अवालले निर्देशन गरेको फिल्म “बिजुली मेसिन” ले प्रयास गरेकोछ । यस फिल्ममा आवाजबाट बिजुली निकाल्न लागि परेका एकजना युवाको कहानी रहेकोछ । संजीवकुमार न्यौपाने, दिपेन बस्नेत र रिसभ आचार्यले निर्माण गरेको फिल्म “बिजुली मेसिन” युनिभर्सल नेपाल प्राइभेट लिमिटेडको ब्यानरमा तयार गरिएको हो । यस फिल्ममा अभिषेक सुवेदीले मुख्य भूमिका निर्वाह गरेका छन् भने साथमा रेलिजा श्रेष्ठ,जीवन अधिकारी र बुद्धि तामांगले पनि अभिनय गरेकाछन । आवाजको माध्यमबाट बिजुली निकाल्ने प्रयासमा लागेको युवाले उक्त मेसिनको माध्यमबाट मानिसहरुको जीवनस्तर उकास्न खोज्दा के कस्ता समस्याहरु र कठिनाइहरु भोग्नुपरेकोछ भन्ने विषयलाई मध्यनजर गर्दै फिल्मको निर्माण गरिएकोछ । प्रविधिको विकास संगै नेपाली चलचित्र क्षेत्र र निर्माताहरुले पनि नयाँ र नौलो प्रस्तुतिहरु पस्कने क्रम पछिल्लो समयमा निकै बढ्दै गएको पाइन्छ । सोहि अनुरुप हवाइजहाको जस्तो आवाजको माध्यमबाट बिजुली निकाल्ने कथाबस्तुलाइ समेटेर बनाइएको यस फिल्मलाई पनि नौलो प्रयास र प्रस्तुतिको रुपमा लिन सकिन्छ ।
फिल्म सम्बन्धि ट्रेलर हेर्नको लागि तल प्ले गर्नुहोला ।





