लन्डन, यहि मे २१ तारिख शनिवारका दिन २५६०औं बुद्ध जयन्तिको अवसर पारेर देवाचन बुद्धिष्ट सेन्टरद्वारा लण्डनको फेल्थमस्थित कम्युनिटी कलेजमा एक कार्यक्रमको आयोजना गरिएकोछ । बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा २५६०औं बुद्ध जयन्ती पूजा तथा देवाचन बुद्धिष्ट सेन्टरको पनि समुद्घाटन गरिने कार्यक्रम छ । उक्त कार्यक्रममा हंस्लो नगर प्रमुख, एम.पी. सीमा मलहोत्रा लगायत अन्य विशिष्ट व्यक्तिहरुको पनि उपस्थिति रहनेछ । मध्यान्न १२ बजेबाट शुरु हुने सो कार्यक्रम्म साँझ ६ बजेसम्म चल्नेछ । कार्यक्रममा उपस्थितिको लागि सर्वसाधारण सबैलाई आमन्त्रण गरिएकोछ भने नि:शुल्क खानपिनको समेत प्रबन्ध गरिएकोछ । कार्यक्रममा श्रद्देय लामा गुरुहरुबाट सामुहिक पूजापाठ,प्रसाद ग्रहणका साथै प्रमुख अतिथि तथा अन्य बिशिष्ट व्याक्त्तिहरुको उपस्थितिमा देवाचन बुद्धिष्ट सेन्टरको औपचारिक उद्घघाटन, प्रबचन र अभिषेक ग्रहण गरिने योजना छ । नेपाल तामांग घेदुंग संघका अध्यक्ष्य एवं सांग्दो पालहरी बौद्ध बिद्यालय पोखरा गुम्बाका प्रमुख लामा पाल्देन योन्जन तामांग, देवाचन बुद्धिष्ट सेन्टरका सम्रक्ष्यक तथा प्रमुख लामा रिन्छेन दोर्जे (धरम गुरुङ ) का साथै अन्य लामाहरुद्वारा पूजा संचालन गरिने कुरा देवाचन बुद्धिष्ट सेन्टरका सल्लाहकार तथा काउन्सिलर बिष्णु गुरुंगले बताएकाछन् ।
कार्यक्रम हुने स्थानको जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।