लण्डन, दुइ दशकभन्दा बढी बेलायतमा बसोबास गर्दै आएका एक नेपाली पहिलोपटक मेयर बन्न सफल भएका छन् । संयुक्त अधिराज्य बेलायतको स्वान्ली टाउन काउन्सिल केन्टका लागि बुधबार भएको निर्वाचनमा गुल्मी रूपाकोटका शंकर गैरे मेयर बन्न सफल भएका हुन् । यसअघि सोही काउन्सिलको उपमेयर रहेका गैरे बेलायतमा मेयर बन्ने पहिलो नेपाली बनेका छन् । बिभिन्न क्षेत्रमा काउन्सिलर हुने नेपालीको संख्या करिव एक दर्जन रहेपनि गैरे पहिलोपटक अंग्रेज बहुल क्षेत्रमा मेयर निर्वाचित भएका हुन् । सन् १९९४ मा बेलायत प्रवेश गरेका गैरे बिगत १३ बर्षदेखि स्वान्ली क्षेत्रमा बसोबास गरिरहेका छन् । उनी सत्तारुढ कन्भरभेटिभ पार्टीका तर्फबाट यसअघि सोही काउन्सिलमा काउन्सिलर र उपमेयर निर्वाचिन भइ काम गरिसकेका भने उनी पत्नी लक्ष्मी गैरै गत बर्ष टाउन काउन्सिलर निर्वाचित भएकी थिइन । लक्ष्मीको कार्यकाल अझै चार बर्ष बाँकी छ । निवर्तमान मेयर जोन वार्नेसले उनलाई मेयर पद हस्तान्तरण गरेका छन् । निर्वाचित भएपछि गैरेले गुल्मीको गाउँबाट आएर बेलायतमा मेयरसम्म बन्दा आफुलाई गर्व लागेको भन्दै समुदायको हितमा काम गर्ने बताए । गैरेले बुटवल बहुमुखी क्याम्पसबाट शिक्षा शंकायमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका छन् । उनी साहित्य परिषद् बेलायतको ३ कार्यकाल सहअध्यक्ष रहिसकेका छन् भने आधादर्जन भन्दा धेरै सामाजिक संघसस्थामा आवद्ध छन् ।
अनलाइन खबरबाट
नेपाली मूलका शंकर गैरे बेलायतको पहिलो मेयर
नेपाली मूलका शंकर गैरे बेलायतको पहिलो मेयर
तपाईको प्रतिक्रिया