क्षेत्री समाज यूकेद्वारा गुल्मीका अग्निपीडितहरुलाइ सहयोग प्रदान

11ce685667469929b93a99fef7b5e51f1674c34ea2836507c6700e774009e937_full.0लन्डन, क्षेत्री समाज बेलायतले गुल्मी जिल्लाको बडागाउँ गा.बि.स वडा न १ र २ दजाकोटमा भएको भिषण आगलागीमा परि बिचल्ली भएका परिवारजनको सहयोगको लागी सहानुभूति तथा ऐक्यबद्धता स्वरूप आर्थिक सहयोग गरेको छ । क्षेत्री समाज बेलायतको पहल तथा सो समाजका आपतकालीन राहत कोषका संयोजक प्रतिमा के.सी.को संयोजनमा छोटो समयमा समाजका सदस्यहरुबाट संकलन गरिएको रकम ६ सय १२ पाउण्ड बेलायतमा सक्रिय गुल्मी जिल्ला समाज यूके मार्फत आज हस्तारण गरिएको छ । viber imageसंयोजक प्रतिमा के.सी.ले एक समारोह बीच गुल्मी जिल्ला समाजका अध्यक्ष्य राम गलामीलाइ सो रकम हस्तान्तरण गर्नु भयो । उक्त रकम हस्तान्तरण कार्यक्रममा क्षेत्री समाजका सचिब कुमार के.सी., कार्यसमितिका सदस्य इन्द्र क्षेत्री, क्षेत्री समाज रेडिंगका सल्लाहकार अर्जुन बस्नेत तथा गुल्मी जिल्ला समाज यूकेका कार्य समिति सदस्य राम सापकोटाको उपस्थिति रहेको थियो । संयोजक के.सी. ले सो अवसरमा क्षेत्री संमाज बेलायतका अध्यक्ष्य क्या. रि. धन बहादुर कुँवर तथा महासचिव राजन कुमार क्षेत्रीको सहानुभुती संदेश समेत स्मरण गराउनु भएको थियो ।Fullscreen capture 12052016 202429 सो कार्यक्रममा अध्यक्ष्य राम गलामीले क्षेत्री समाजले गुल्मी जिल्ला समाजको पहलमा सहयोग सकलन भैरहेको अभियानमा सहानुभूति तथा सहयोग गर्नु भएकोमा क्षेत्री समाजलाइ बिशेष धन्यबाद दिनुभएको थियो । शनिबार स्थानीय वेदपानी सामुदायिक वनबाट सुरु भएको आगो तिलार सामुदायिक वन हुँदै अनियन्त्रित भएर गाउँमा पसेको थियो । सो आगलागीमा परि एक जनाले ज्यान गुमाएका थिए भने ९२ वटा घरहरु जलेर नस्ट भएका थिए । आगलागीमा परि करोडौको अन्नपात, धनमाल तथा चौपायाहरू जलेर खरानी भएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित