धुर्मुस र सुन्तलीलाई सरगम भट्टराईको पत्र

सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

Dhurmus-Suntali-7

प्रिय धुर्मु/सुन्तु
श्रद्धाका सलामीहरु अनि धेरै धेरै माया !

हिजो तिमीहरु दुबैले डोकोभरी ढुंगा बोकेको टेलिभिजनमा देख्दा यस्तो लाग्यो म पनि नेपालमै भएको भए तिमीहरुको पवित्र काममा कति ऊर्जा दिँदै होस्टेमा हैँसे मिलाउने थिएँ होला ! तिमीहरुले बोकेको डोको उठाईदिएर बोझ हल्का पारिदिन्थे होला । तर टाढाको भूगोलमा भएकोले प्रशंसा र सहानुभूतिले मात्र चित्त बुझाउँदै छु । अचेल म निरन्तर चिठ्ठी लेखिरहेको छु : राजनीतिका मुख्य-मुख्य पात्रहरुलाई तर पनि उपलब्धि शून्य प्राय: छ । राजनीति बिग्रिएको छ । उही कुरा क्षणमै सेतो र क्षणमै कालो भईरहेको छ । सबैजना आफ्नो पोल्टा भर्ने बेलामा तिमीहरु त फेरि भग्नावशेषको बस्ती गिरान चौर पो पुगेछौ । गिरेका घरहरु र मनहरु ठाडो पार्न अनि तिनीहरुकै बारेमा मैले लेखिन भने मेरो कलमको धर्म कसरी पूरा हुने भो र ! त्यसैले मध्यरातमा जागेर तिम्रैबारे केही प्रशंसा त केही समानुभूति र शुभकामनाका वाक्यहरु कोर्न खोजिरहेको छु ।
प्रिय धुर्मु/सुन्तु
साँच्चै ! तिमीहरु त बडो बलवान पो रहेछौ, महाभारतको पात्र भिमले जस्तै डोकोभरि ढुंगा बोक्न सक्ने ! तिमीले ढुंगा बोक्दै गर्दा न मैले कुनै अभिनय देखेँ न त कुनै अभिमान । बरु देखेँ त तिमीहरुको दृढ लगनशीलता र अन्तरमनको त्याग । सायद राजनीतिज्ञ हुन्थे भने घाँटीभरि माला र खादाले सजिएर रिबन काट्दै गर्थे होला । अथवा दुईचार वटा घर बनाउन पुग्ने रकम हेलिकोप्टर र भत्तामा खर्च गर्थे होला । साँच्चै आज गर्व लाग्छ तिमीहरुबारे लेख्दा । मेरो कलम पनि कति प्रफुल्ल भईरहेको छ । कलमले पनि आज आफैलाई भाग्यमानी ठानिरहेको छ । पूरा पत्र पढ्नको लागि यहाँ क्लिक गर्नुहोला ।

सुन्न र हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित