लन्डन, लन्डनस्थित बेलायती संसद भवन अगाडि बेलायतवासी नेपालीहरुले यहि मे २० तारिखका दिन वुद्ध जयन्ति मनाउने तयारि गरेकाछन । साँझ ५:३० देखि ८:३० बजेसम्म पार्लियामेन्ट स्क्वाएर अगाडी बुद्ध जयन्ती तथा दीप प्रज्वलन गरिने कार्यक्रम छ । यसका साथै भूकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झना तथा शान्तिको लागि कामना गर्दै दीप प्रज्वलन गरिनेछ । गौतम बुद्धको जन्म्स्थलको बारेमा विभिन्न द्विविधाहरु उत्पन्न भैरहेको बेला बुद्धको जन्मस्थान नेपाल नै हो भनेर चिनाउन तथा नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने आयोजकको धारणा रहेकोछ । उक्त कार्यक्रमका लागि आयोजक कपिलवस्तु समाज यूके तथा एनआरएन यूकेका कोषाध्यक्ष दीपक श्रेष्ठ, मिडिया संयोजक एभेरेष्ट गौतम,कार्यक्रम संयोजक गणेश खड्का तथा गणेश दाहालले संयोजन तथा व्यवस्थापनको भूमिका निर्वाह गरेकाछन । कार्यक्रममा उपस्थित हुनको लागि इच्छुक संघ संस्था लगायत सम्पूर्ण व्यक्ति तथा समुदायलाई आ-आफ्नो संस्थाको नाम सहित बुद्ध सम्बन्धि मुर्ति तथा ब्यानरहरु ल्याउनको लागि आयोजकद्वारा अनुरोध समेत गरिएकोछ । कार्यक्रममा उपस्थित हुनको लागि ब्रिटेनको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष्य संसद विरेन्द्र शर्मा लगायत बेलायतस्थित नेपाली संघसंस्थाक प्रतिनिधिहरुको सहभागिता रहने मिडिया संयोजक एभेरेष्ट गौतमले जानकारी दिएकाछन् ।
बेलायतको संसद भवन अगाडि बुद्ध जयन्ती मनाइने
बेलायतको संसद भवन अगाडि बुद्ध जयन्ती मनाइने

तपाईको प्रतिक्रिया