मातातिर्थ औंशीको महत्व – अनु अधिकारी

वैशाख कृष्ण अमावस्या हिन्दू संस्कृतिमा आमाको मुख हेर्ने दिनका रूपमा परिचित छ। यो दिनलाई अर्काे शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थऔंसी आदि पनि भनिन्छ। उक्त दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आपनो शक्तिअनुसारका खाद्यपदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्। नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर जन्म दिने आमा वास्तवमै महान् छिन्। आफूले खाएको अन्न, जल, वायु एवं संस्कारजन्य छाप शिशुमा दिएर आमाले जानी-नजानी सन्तानको सृष्टि गरेकी हुन्छिन्। जन्मपछि पनि शिशुको हेरचाह गरेर पूर्ण मनुष्य निर्माण गर्ने आमाभन्दा पूजनीय संसारमा कोही हुँदैनन्। आमाको गुणगान शब्दमा व्यक्त हुन सक्दैन। यसका लागि भावनात्मक एवं आत्मिक भाषाको आवश्यकता हुन्छ किनभने आमा जगद्धात्री जगज्जननीकी साकार स्वरूप हुन्। यस्ती आमाको त्याग, तपस्या एवं बलिदानबाट नै सृष्टिले निरन्तरता पाएको छ। आमाविना सृष्टि सम्भव छैन। अतः सन्तानले आमाप्रति सधैं उदार हुनुपर्छ। आमाको उपकाररूपी ऋण कसैगरे पनि तिर्न सकिँदैन तथापि आमाप्रति हार्दिक श्रद्धा प्रकट गरेर केही मात्रामा भए पनि मातृऋणको बोझ हलुका गर्न सकिन्छ। बाँकी

सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित