मातातिर्थ औंशी विशेष – अडियो सहित

लन्डन,आज मातातिर्थ औंशी अर्थात आफ्नी आमालाई सम्मान गर्ने र सम्झने दिन हो । हाम्रो नेपाली परम्परा र संस्कृति अनुसार बैशाख कृष्ण औंशीको दिनलाइ मातातिर्थ औंशीको रुपमा लिने गरिन्छ । हाम्रो शास्त्रीय मान्यता अनुसार मातालाई पिताभन्दा पनि उच्च श्रेणीमा आमालाई राखेको पाइन्छ,आमाप्रति श्रद्दा,भक्ति,सम्मान,र आदर गर्ने दिन यस दिनलाई मान्ने गरिन्छ । आफ्ना छोरछोरिद्वारा आमालाई राम्रा लुगा दिने मिष्ठान्न भोजन गराउने र आमाबाट आशिर्वात लिने चलन छ । यस दिन आमाको मुख हेर्ने दिन भएकोले छोराछोरिहरुद्वारा आमालाई खुसि बनाउन आफूले सकेसम्म प्रयास गर्दछन । उक्त दिन आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गर्राई दिवङ्गत आमा र उहांले गरेका महान् र कष्टपूर्ण काम सम्झने गर्दछन् । शास्त्रहरूमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिनैपर्छ भनिएको छ । दिवङ्गत आमाको सम्झनामा राजधानीको थानकोट मातातीर्थमा आज मेला लाग्छ । आमा नहुने नरनारी तिर्थमा गई स्नान तथा हरिहर अर्थात विष्णु र शिवको दर्शन र पूजा गर्दछन् । सो तिर्थको परिसरमा सबैकी आमाको प्रतीक साझा आमाुको मुर्ती पनि स्थापना गरिएको । आमाले नै आफ्ना सन्तानलाई जन्म दिएर हुर्काइ बढाई गरेर यस संसारमा स्थापित गरेकी हुन्छिन जुन कुरा आफ्नै सन्तानले पछी गैर बिर्सिदिन्छन । छोराछोरीका प्रत्यक दु;ख र पीडामा आँशु झार्ने आमाको पीडामा एकरति पनि चिन्ता नगर्ने सन्तानहरु पनि प्रशस्त भेटिन्छन । यसै सन्दर्भमा सरगम भट्टराइको एउटा मार्मिक लेख जुन आमाद्वारा आफ्नो छोराप्रति ब्यक्त गरिएका भावना र मन भित्रका व्यथाहरुलाई सुन्न र पढ्न सक्ने गरि प्रस्तुत गरिएकोछ । पढ्नको लागि यहाँ क्लिक गर्नुहोला ।

सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित