काठमाडौं, यहि बैशाख २० गतेका दिन प्रवासी मंच युकेद्धारा विद्यार्थी आन्दोलनका बहुचर्चित नेता (योद्धा ) बलराम समाललाई उहाँको उपचारार्थ आर्थिक सहयोग स्वरूप रु.५,९३,००० ( पाँच लाख तिरानब्वे हजार ) आज एक कार्क्रमको बिच हस्तान्तरण गरेको छ। मानसिक रोगले सिकिस्त परेका पूर्व अनेरास्ववियुका केन्द्रीय सदस्य तथा नेपाल ल क्याम्पसका तत्कालिन स्ववियु सभापति समाल महोत्तरीको रामनगर स्थित आफ्नै निवासमा लामो समयदेखि विरामी भएर बसिरहेका छन । निरंगकुश पन्चायती शासन कालमा पन्चायती ब्यबस्था विरुद्ध राजनैतिक परिवर्तनको पक्षमा सशक्त आवाज उठाएकै कारण तत्कालिन पञ्चायती सरकारले उनलाई निर्मम यातना दिएको थियो । त्यसकै असरले गर्दा उनी अहिले शारिरिक अशक्त तथा मानसिक बिरामी परेका छन । समाललाई तत्कालिन सरकारले करेन्ट लगाउने, पैतालामा पिट्ने जस्ता अमानवीय यातनाकै कारण उहाँको यस्तो अवस्था भएको हो । ओएनएफ यूकेका अध्यक्ष रामशरण सिम्खडाको बिषेश सक्रियतामा बलराम समाल को उपचारार्थ मिलन घिमिरे को संयोजनमा सहयोग संकलन अभियान सन्चालन गरेको थियो । उक्त अभियान लाई ओएन एफ युकेका अन्य पदाधिकारीहरु, सदस्यहरु बाट पहल भएको थियो । उक्त सङकलित रकम काठमाडौंमा एक कार्यक्रम बिच निज समाल कि छोरी सुनगाभा समाल र निजको उपचारार्थ गठित समिती का संयोजक एमाले केन्द्रीय सदस्य एवं बुद्दीजिबी बिभाग प्रमुख टंक कार्की लाई काठमाडौं मा एक कार्यक्रम बिच हस्तान्तरण गरियो । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा युरोप इन्चार्ज कमरेड राम कुमारी झाक्री नेकपा एमालेका उप महासचिब घनश्याम भुसाल, नेकपा एमाले पोल्टब्यूरो सदस्य बेदुराम भुसाल ओएनएफ यूकेका उपाध्यक्ष रामजी बराल लगायत को उपस्थिति थियोे । समाल चर्चित विद्यार्थी नेता भएको बेला अनेरास्ववियुका केन्द्रीय अध्यक्ष रहेका एमालेका केन्द्रीय सदस्य टंक कार्कीले समालको उपचारार्थ सुरु गर्नुभयको अभियान लाई ओएनएफ यूकेले साथ दिएको छ । सो समारोहमा संकलित रकम हस्तान्तरण गर्दै यूरोप ईन्चार्ज राम कुमारी झांक्रीले प्रवासी नेपाली मंच यूकेले बिगत २ बर्षमा गरेको सकारात्मक कामहरू शान्ता चौधरी बचाउ अभियान, ताप्लेजुड्ग आगलागी पीडित सहयोग, कमलरी अनाथ बालबालीका सहयोग एबं गत बर्षको महा भूकप्ममा मंचले खेलेको सह्रान्नीय भूमिकाको प्रशंसा गर्नु भयो भने उपमहाचिब भुसालले पार्टी र क्रान्तीमा समाहित हुंदा आफ्नै जिवन करिब समाप्तीको नजिक पुगेका योद्धा लाई राज्यले समेत सम्मान र सहयोग पुर्याउन पर्ने धारणा राख्नु भयो । यस बारे पार्टी केन्द्रमा कुरा राख्ने बचनबद्दता समेत जाहेर गर्नुनभयो । ओएन एफ यूकेले समाल लाई आर्थिक सहयोग साथै वहाको सिध्र स्वास्थ लाभ को कामना समेत गरेको छ ।