लण्डन, सन् २००७ मा स्थापित गुल्मी जिल्ला समाजले यूकेले राम गलामीको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको छ । यहि आइतबार अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा सम्पन्न पांचौं अधिवेसनले सर्वसम्मत नयां कार्यसमिति घोषणा गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा टोप पल्ली, राजन खरेल र फडिन्द्र भट्टराई चयन भएका छन भने महासचिवमा शिव भण्डारी चुनिएका छन । त्यस्तै सचिवमा वीर बलाल, कोषाध्यक्षमा तारानाथ भण्डारी र सहकोषाध्यक्षमा लाई चयन गरिएको छ । कार्यसमितिका सदस्यहरुमा मञ्जु खरेल, मुना सापकोटा खरेल, तारा भट्टराई, राजु मल्ल, विष्णु ज्ञवाली, बरुण भण्डारी, टिकाराम थापा, पुर्णबहादुर बलाल, रुद्रबहादुर थापा, डिल्लीराज थापा र बाबुराम भण्डारी छन । अध्यक्ष, महासचिव, कोषाध्यक्षसहित सबै सदस्यहरुका लागि यसअघि नै निर्विरोध भइसकेको भएपनि ३ जना उपाध्यक्षमा ५ र १ सचिवमा २ जनाको उम्मेदवारी अन्तिम समयसम्म कायम थियो । अधिवेसन सुरु हुनुअघि अअधिवेसनस्थलमै समाजका सल्लाहकार, सबै उम्मेदवार र निर्वाचन समितिका अधिकारीहरुबीच छलफल गरेर सहमति बनाइएको थियो । सहमतिका लागि उपाध्यक्षका उम्मेदवारहरु मतिप्रसाद पुन र राम सापकोटा तथा सचिव उम्मेदवार मञ्जु खरेलले आ आफनो उम्मेदवारी फिर्ता गराएका थिए । मीन दर्लामीको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत नयां कार्यसमितिको घोषणा गरेको थियो । यसअघि अध्यक्ष अर्जुन गौतमको अध्यक्षतामा सम्पन्न अधिवेसनमा महासचिव राम गलामीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष टोप पल्लीको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । समाजका उपाध्यक्ष विनोद ज्ञवालीले स्वागत मन्तव्य दिएको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा र सल्लाहकार बालजंग अर्यालले मन्तव्य राखेका थिए । त्यसक्रममा उपाध्यक्ष केशव भण्डारीले विधान संसोधनका लागि अघि सारेका केहि प्रस्तावहरु पनि अधिवेसनले पारित गरेको छ ।
फोटो साभार-गुल्मी जिल्ला समाज
गुल्मी समाज यूकेको नयाँ कार्यसमितिको निर्विरोध चयन
गुल्मी समाज यूकेको नयाँ कार्यसमितिको निर्विरोध चयन
तपाईको प्रतिक्रिया