लन्डन । युद्ध अपराध अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामाको मुद्दा सुनुवाइ आगामी जुन महिनामा हुने भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बुधबार बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायर भेटका क्रममा नेपाली सेनाका बाहलवाल कर्णेल कुमार लामालाई रिहाईको माग गरे पछि मन्त्री स्वायरले लामाको सुनुवाइ जुन महिनामा हुन लागेको जानकारी गराएका थिए । मन्त्री स्वायरले लामाको मुद्दा अदालतमा विचाराधीन रहेकोले अदालती प्रकृया अनुसार लामाको मुद्दाको टुंगो लगाइने बताएका थिए । पूरा समाचारको लागि यहाँ क्लिक गर्नुहोला ।