बेलायतको लेस्टरमा नेपालीको घर जलेर ध्वस्त

13091715_10154116258606197_694390776_o-768x576-700x525लन्डन । बेलायतको लेस्टरमा बस्दै आएका एक नेपाली परिवारको घर जलेर सम्पूर्ण जिन्सी सामाग्री खरानी भएपछि अहिले विचल्ली भएको छ । लेस्टर अपर टिजबोर्न स्ट्रिटको ३० नम्बर घर जलेर मधुसुदन आचार्यको परिवार अहिले शरणार्थी जस्तै छिमेकीको घरमा शरण लिइरहेको हो । आगलागीले भएका सम्पूर्ण लत्ता कपडा, आइप्याड, गरगहना, मोबाइल, पासपोर्ट, भिजा कार्ड लगायत जिन्सी सामान जलेपछि आचार्यको साथमा अहिले केही छैन् । आचार्य श्रीमति दुर्गा खनाल, छोरी प्रिन्सेस र छोरा प्रनिस आचार्यका साथ उक्त वान बेड रुम स्टुडियो फ्ल्याटमा बस्थे । गत बिहीबार दिउसो १२:५५ बजे फ्रिजको तापक्रम उच्च भएर आगलागी भएको अनुसन्धानबाट खुलेको आचार्यले जनाए । घरको इन्सुरेन्स भएपनि सामानको इन्सुरेन्स नहुंदा निम्न आयस्तर भएको आचार्य परिवार अहिले आर्थिक सहयोगका लागि याचना गरिरहेको छ ।13113061_10154116258716197_783355695_o-768x576-700x525 ‘हाम्रो त उठीबास नै भयो । नयां सामान किन्न बैंक ब्यालेन्स् केही छैन् हाल टियर टु भिजामा रहेर पिज्जा हटमा काम गर्ने आचार्यको गुनासो थियो, ‘कृपया यतिखेर हामीलाई आर्थिक सहयोग गरिदिनुस् ।’ आचार्यले विशेष गरि नेपाली समुदायसंग सहयोगको याचना गरेका छन् । आचार्य परिवारलाई सहयोग गरेर मानवीय भावना देखाउनको लागि इच्छुक व्यक्तिहरुले निम्न बैंक खातामा आर्थिक सहयोग गर्न सक्नेछन् ।
AC holder name : Mr. M. Acharya
Bank name : Barclays
Sort code : 20-72-17
Ac No: 83541169
सम्पर्क फोनः 07810068076 नवराज घिमिरे

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित