पर्वत वेलफेयर सोसाइटी यूकेद्वारा नयाँ वर्ष शुभकामना साँझ सम्पन्न

13106649_1018820011537968_1826695381_oलण्डन । नेपालको पर्वत जिल्लाबाट बेलायत आई बसोवास गरेका पर्वतवासीहरुको संस्था पर्वत वेलफेयर सोसाइटी युकेको नयां बर्ष शुभकामना सांझ भव्य रुपमा सम्पन्न भएको छ । गत शनिबार अल्डरसटमा सम्पन्न उक्त शुभकामना साँझ बाषिर्क भेटघाट कार्यक्रममा 13073211_1018820028204633_1475182211_o प्रमुख अतिथि युएनडीपीका असिस्टेण्ट कण्ट्री डाईरेक्टर यामनाथ शर्मा, एनआरएन युरोपका संयोजक कुल आचार्य, एन आर एन युकेका अध्यक्ष मुच्छेत्र गुरुङ, संस्थाका अध्यक्ष नरजंग गुरुङ, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, लगायतका अतिथिहिरुले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा मन्तव्य दिंदै प्रमुख अतिथि शर्माले पर्वत समाज बेलायतमा अन्य नेपाली समाज जस्तै उत्कृष्ट समाज भएकोमा खुशी व्यक्त गरेका थिए । 13106774_1018819884871314_1605000924_oत्यस्तै नेपाली दुतावास युकेका तेजेन्द्र रेग्मीले सामाजिक संस्थाहरुले नेपाली समाजमा सकारात्मक सन्देश दिएको बताए । सो अवसरमा तमुधीं यूकेका अध्यक्ष सुर्जे गुरुङ, संस्थाका सल्लाहकार तथा तमुधी यूके उपाध्यक्ष ज्ञाम गुरुङ, मगर संघ यूकेका नेत्र आलेमगर, संस्थाका सल्लाहकार एवं विसीसी युकेका अध्यक्ष ले. नारायण प्रसाद गुरुङ -एमबिइ, पूर्व अध्यक्ष रश बहादुर गुरुङ, बाग्लुङ समाजका राजन राजभण्डारी, एकाउण्टेण्ट गंगा भुषाल, गेसो केन्द्रिय उपाध्यक्ष कृष्ण कुमार राई, गेसो अल्डरसट इकाईका जंग बहादुर गुरुङ, लगायत विभिन्न संस्थाका प्रतिनिधिहरु सहभागि थिए । 13073204_1018819904871312_514904369_oसंस्थाका अध्यक्ष नर जंग गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारहरु हेमन्त शर्मा, देविका केसी गुरुङ, शिव परियार र रामजी खांड लगायले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाए । कार्यक्रमका लागि अल्डरसटमा स्थापित इम्पायर टिमले निशुल्क हलको प्रबन्ध गरेको थियो ।13073204_1018819904871312_514904369_o कार्यक्रम सफल बनाउन व्यवसायीहरु मिठुलाल विके, धरम विके, संस्थाका पुर्व अध्यक्ष पुरन गिरी, व्यवसायी रबीजंग लामिछाने, कुल आचार्य, गंगा भुषाल, ज्ञाम गुरुङ, दीप ज्वेलर्स लगायतले सहयोग पुर्‍याएका थिए । संस्थाका महासचिव धन क्षेत्रीद्धारा सञ्चालित उक्त कार्यक्रममा उपाध्यक्ष दधी आचार्यले स्वागत मन्तब्य दिएभने पुर्व अध्यक्ष पुरन गिरी र याम भण्डारीले हेल्थ एण्ड सेफ्टी बि्रफ गरेका थिए । त्यस्तै कार्यक्रम संयोजक तथा संस्थपक अध्यक्ष हितकाजी गुरुङले गर्नु भएको थियो । 13090894_1018819834871319_89211661_o

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित