लन्डन, ज्योति मगर भन्ने बित्तिकै हृष्ट पुस्ट अनि मुसुक्क मुस्काउँदै छोटो लुगा लगाउने महिलाको दृश्य प्राय सबैको मानसपटलमा आइहाल्छ । हिजोआज ज्योति मगरलाई बच्चा हुन् या वृद्द, सबैले चिन्ने गरेकाछन् । रोल्पाको नुवागाउँमा जन्मेकी ज्योति हाल काठमान्डौमा बस्दै आएकिछन् । पछिल्लो समय हट र सेक्सीका रुपमा निकै चर्चामा रहेकी ज्योति दर्शकमाझ गायिकाका रुपमा ‘उही मूलाको सिन्की, पिरतीमा दम छ, जिम्मुवाल बाउकी छोरी’ जस्ता गीतबाट चर्चित भएकी हुन् । छोटो पहिरन र उत्तेजित शारीरिक हाउभाउका कारण प्राय विवादित बन्ने र मिडियामा चर्चित बन्दै आएकिछन् । धेरै मुलुकको भ्रमण गरिसकेकी ज्योतिलाई लन्डन आउन भने फलामकै चिउरा चपाउनुसरह भएको थियो । तर यसपटक भने बेलायतमा बसेर लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएको सपन इन्टरटेनमेन्ट लि. यूकेले उनको लन्डन आउने सपना पूरा गरिदिएकोछ । बेलायतका विभिन्न स्थानमा हुने कार्यक्रमको लागि ज्योति मगरले लन्डन आउँने भीसा पाईसकेकिछन् । उनको साथमा सागर न्यौपाने र हरि निरौला (कक्रोज) पनि आउने भएकाछन । जति उनको आलोचना हुन्छ उति नै ज्योतिलाई हौसला बढ्दै जान्छ, काग कराउँदै गर्छ पीना सुक्दै गर्छ भने झैं ज्योति पछिल्ला समयमा पनि लगातार दोहोरि गीतहरुमा त्यत्तिकै उत्तेजित पोजहरुमा मोडलिंग गर्दै आएकिछन् । हुन त आफूले लगाएको लुगा अरुले तोक्ने हैन र ब्रेष्टले नै मलाई सेक्सी देखाउँछ भनेर उनि आफैले पटक पटक भानिसकेकिछन् भने अविवाहित भए पनि भर्जिन नभएको बताउने ज्योति प्रेमलाई पूर्णता दिन सेक्सको आवश्यकता ठान्छिन् ।
यसअघि पनि बेलायतका विभिन्न स्थानहरुमा कार्यक्रम गर्ने उद्देश्यले ब्रिटिश गोर्खा नेप्लिज काउन्सिलले नयन वर्ष सन् २०१६ को उपलक्ष्यमा ज्योति मगरलाई पनि झिकाउने प्रयास गरेता पनि भीसाका कारण उनि आउन पाइनन् । तर सुनिता दुलाल र इन्दिरा जोशी भने नयाँ वर्षको उक्त कार्यक्रममा बेलायत आएका थिए । बेलायतमा पनि ज्योतिले निकै ठूलो धमाका मच्चाउने सबैको अनुमान छ । आउँदो जुन ४ तारिखमा एम्पायर हल अल्डरसटमा र जुन ११ मा हकिंस कम्युनिटि सेन्टर केन्टमा ज्योतिको शो गर्ने निश्चित भइसकेकोछ भने बेलायतका अन्य विभिन्न स्थानहरुमा पनि ज्योति मगरको धमाका प्रदर्शन गरिने कुरा सपन इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सपन राइले जानकारी दिएकाछन् । भुवन की.सी.को ड्रिम्स को तयारीमा व्यस्त रहेकोले ज्योति मगरको कार्यक्रमको तयारीमा भने अलि समय दिन नसकेको र अब केहि दिनभित्र नै सबै तयरी गरिने राईले बताए । गत वर्ष ढाडे बिरालोको गीतको म्युजिक भीडियोमार्फत निकै विबादमा परेकी ज्योतिले भने तेस्ता विवादहरुलाई पुन गीतमार्फत नै प्रतिवाद गर्दै आइरहेकिछन् । तर पछिल्लो समयमा पोर्न स्टार बन्छु भन्दै नेपाली मोडलिंग क्षेत्रमा चर्चित बन्न पुगेकी अर्चना पनेरुले गर्दा भने ज्योतिको चर्चा केही मात्रामा सेलाउन पुगेकोछ । ‘हट र हिट’ अर्थात शारीरिक हाउभाउकै कारण नेपाली सांगीतिक धरातलमा हिट नम्बरमा बन्न पुगेको ज्योतिलाई बाहिरबाट गाली गरे पनि उनको म्युजिक भीडीयो चाहिं प्राय सबैले हेर्ने गरेको पाइन्छ । नेपालि समाज र परम्परालाई पच्न अलि गार्हो हुने खालका उनका श्रव्यदृश्यले समाजमा उछ्रिंगखालता ल्याएको भन्ने धारणा धेरैको देखिए तापनि उनले भने मलाई निर्देशकले भने बमोजिम खेलेको मात्र हो यसमा मेरो दोष छैन भन्दै आएकिछन् ।
ज्योति मगरको विशेष धमाका लण्डनमा
ज्योति मगरको विशेष धमाका लण्डनमा

तपाईको प्रतिक्रिया