भूकम्प पीडितको कथा व्यथाले समेटिएको नाटक “समय दृश्य” बेलायतमा मन्चन

13062376_10153407268437121_6412964816786640721_nलन्डन, यही अप्रिल २३ तारिखका दिन रेडिंगस्थित साउथ रेडिंग युथ एण्ड कम्युनिटि सेन्टरमा भूकम्प पीडितहरुको कथाव्यथामा आधारित नाटक समय दृश्यको मन्चन गरिएको थियो । नेपाल पत्रकार माहासंघ यूके शाखाका अध्यक्ष्य नरेश खपांगीको प्रमुख आतिथ्यमा मन्चन गरिएको उक्त नाटक फस्ट एजुकेट नेपालको प्रस्तुति तथा इन्टरनेशनल नेप्लिज आर्टिष्ट सोसाइटीको सहयोगमा प्रस्तुत गरिएको थियो । भक्त स्यांगतानको लेखन, तेन्जी लामा पाख्रिनको निर्माण प्रस्तुति रहेको उक्त नाटकलाई पुराना तथा अनुभवी नेपाली रंगकर्मी तथा निर्देशक सनम कुमार बैरागले निर्देशन गरेका हुन् । करिव तीन महिनाको अथक प्रयास र कडा मिहिनेतपछी प्रदर्शन गरिएको उक्त नाटकलाई दर्शकहरुले निकै रुचाएका थिए । नेपालमा भूकम्प गएको एक वर्ष पुगेको अवसर पारेर मन्चन गरिएको उक्त दिन सेक्सपियरको ४ सयौं जन्मोत्सव परेको थियो भने नाटक समय दृश्यका निर्देशक सनम कुमार बैरागको पनि जन्मदिन परेको थियो ।IMG_6564 बेलायतका स्थानीय कलाकारहरुको प्रस्तुति रहेको यस नाटकमा ज्यासंग लिंगदेन, दीपक गुरुङ, प्रसुना कंडेल, सुरेश श्रेष्ठ, ओमकार अधिकारी, दुर्गा गुरुङ, जानु काम्वांग लिंग्देन, रोशन राइ, अन्जु, सुस्मिता, गङ्गा, अलिसा जस्ता कालाकारहरुले जोडदार अभिनय गरेका थिए । गत वर्ष नेपालमा गएको विनासकारी भूकम्पको सेरोफेरोमा आधारित नाटकू समय दृश्यू ले भूकम्प गएदेखि अहिलेसम्मको अवस्थाको यथार्थ चित्रणलाइ करिब एक घण्टा १० मिनेटमा प्रस्तुत गरेको थियो । भूकम्पमा ज्यान गुमाएका आफन्त, नवबिबाहित दम्पति एक्लिदाको पीडा, टुहुरा सन्तान र सन्तानको पीडाले छटपटिएको दृश्य र चित्कारले सबै दर्शकहरुलाई भक्कानो छोड्न बाध्य गराएको थियो ।IMG_6563 आकाशमा हेलिकप्टर उडेको देख्दा राहत आयो कि भनेर खुशी हुदाको आशा निराशामा परिवर्तन हुँदादेखि राहत लुट्ने,गाउँका ठूला ठालू भनाउँदाहरुको ईशारामा राहत वितरण हुने, राहत वितरणमा जानेहरुमाथि गरिने दुर्व्यबहार, राहतको नाउँमा सेल्फी खिचेर आफूलाई समाजसेवी ठान्ने, अनि सरकारी पक्ष्यबाट भएका कमी कमजोरीहरु जस्ता कुकृत्यहरुलाई नाटकले यथार्थ रुपमा चित्रण गर्ने प्रयास गरेकोछ । भूकम्प गएलगतै आफ्नो टिमका साथमा भूकम्प प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष्य अनुभव बटुलेकी बेलायतमा नरसिंग सेवामा कार्यरत प्रसुना कंडेलले राहत वितरण तथा स्वास्थ्य उपचारको लागि जाँदाको कठिनाइलाई प्रस्तुत गरेकी थिइन् ।FullSizeRender (9) स्वदेश तथा मातृभूमीप्रति सबैले एकजुट भएर अघि बढ्नुपर्ने, फुटेर होइन जुटेर अनि एकापसमा सहयोग र सद्भावका साथ हामी एक हौँ र हुनुपर्छ भन्ने नाटकको मुख्य आशय रहेकोछ । नेपालमा जस्तो नाटक तयार गर्न सजिलो नभएकोले यस नाटक तयार गर्नलाई धेरै मिहिनेत गर्नुपरेको निर्देशक सनम कुमार बरागको धारणा रहेकोछ । नेपालका ग्रामिण क्षेत्रका बालबालिकाहरुको शिक्ष्या स्वास्थ्य एवं गाँस, बास, कपासमा सहयोग पुर्याउने उद्देश्यले उक्त नाटक तयार गरिएको र अझै अन्य विभिन्न स्थानमा पनि उक्त नाटक मन्चन गरिने लक्ष्य रहेको तेन्जी लामा पाख्रिनले बताएकाछन । नाटकको प्रारम्भमा भूकम्प पीडितको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो ।13055544_10156902454365457_7916462944777824876_n प्रमुख अतिथिको तर्फबाट पत्रकार महासंघ बेलायतका अध्यक्ष्य नरेश खपांगीले नाटकले आफूलाई छोएको र भूकम्प पीडितको नाममा भएका विकृति र दुर्दशाको बारेमा सफल चित्रण गरेको र कलाकारहरुको भूमिका पनि अत्यन्त राम्रो रहेको भन्दै प्रशंसा गरेका थिए । त्यस्तै गरी निर्माता तेन्जी लामा पाख्रिन र निर्देशक सनम कुमार बैरागले पनि निकै मिहिनेतका साथ ३ महिना लामो अथक प्रयासपछि नाटक प्रदर्शन गरेको भन्दै कलाकारहरुको मिहिनेत, लगनशीलताको प्रशंसा गर्दै धन्यबाद दिएका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित