लन्डन, लामो समयदेखि बेलायतमा रिक्त रहेको राजदूतको पद अब पूर्ति हुने भएकोछ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अहिले सम्मकै सबैभन्दा ठूलो संख्यामा विभिन्न देशहरुका लागि एकैचोटी राजदूतहरुको नियुक्तीको लागि सिफारिस गरेको हो । मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिस अन्तर्गतको नामावली यस पकार रहेकोछ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ। यसैगरी बैठकले अष्ट्रेलियाका लागि नेपाली राजदूत् लक्की शेर्पा, रसिया लागि पूर्वमन्त्री निरन्जन थापा, बेलायतका लागि दुर्गाबहादुर क्षेत्री सुवेदी, जर्मनीका लागि रमेश खनाल, इजिप्टका लागि झविन्द्र अर्याल, बेल्जियमका लागि लोकबहादुर थापा, पाकिस्तानका लागि सेवा अधिकारी र अष्ट्रियाका लागि प्रकाश सुवेदी सिफारिसमा परेका छन्र । यसैगरी दक्षिण कोरियाका लागि युवराज कार्की, श्रीलंकका लागि नारदनाथ भारद्वाज, कतारका लागि त्रिविका प्राध्यापकसमेत रहेका डा. महेन्द्रबहादुर सिंह, डेनमार्कका लागि युगनाथ लम्साल, जापानका लागि खड्क केसी, बंगलादेशका लागि खगेन्द्र बस्नेत, युएईका लागि भरतवहादुर रायमाझी, म्यानमारका लागि ऋषिराम अधिकारी र ब्राजिलका लागि तारा प्रसाद उपाध्याय सिफारिसमा परेका छन्। राजदूतहरू महेन्द्र बहादुर पाण्डे चीन, डा. निरन्जन थापा रसिया, लक्कि शेर्पा अस्ट्रेलिया, दुर्गाबहादुर सुवेदी बेलायत, डा. खडग केसी जापान, लोकबहादुर थापा बेल्जियम, सेवा लम्साल अधिकारी पाकिस्तान, युवनाथ लम्साल डेनमार्क, प्रकास सुवेदी अस्ट्रिया, युवराज कार्की दक्षिण, कोरिया भरत बहादुर रायमाझी यूएई, महेन्द्र सिंह कतार, खगेन्द्र बस्नेत बंगलादेश, नारद भारतद्धाज श्रीलंका, ताराप्रसाद पोखरेल ब्राजिल, पदम सुन्दास बहराइन, रमेशप्रसाद खनालजर्मनी, अलिअख्तर मिकरानी सउदी अरेविया, र डा. शिवमाया तुम्वाहम्फेलाइ इजरायलको लागि सिफारिस गरेकोछ । उक्त निर्णयप्रति विरोध पनि प्रशस्त मात्रामा भैरहेकोछ ।
बेलायतको लागि नेपाली राजदूतमा दुर्गाबहादुर सुवेदीको नाम सिफारिस
बेलायतको लागि नेपाली राजदूतमा दुर्गाबहादुर सुवेदीको नाम सिफारिस

तपाईको प्रतिक्रिया