भुवन के.सी. र अनमोल ड्रिम्स लिएर लन्डन आउंदै

Bhuwan-and-Anmol-kc-2लन्डन, नेपाली कलाकारहरुको लागि प्रवासमा बस्ने नेपालीहरुको भूमिका अहिले निकै बढ्दै गइरहेकोछ, चाहे त्यो गीतसंगीतको क्षेत्र होस् या त सिनेमा क्षेत्रकै किन नहोस् । अहिले नेपालीहरु बसोबास गर्दै आएका मुलुकहरु कलाकारहरुको लागि मुख्य केन्द्रविन्दु बन्दै आएकाछन् । भर्खरै मात्र नेपाली नयाँ वर्ष २०७३ को सिलसिलामा दर्जनौं नेपाली कलाकारहरु प्रवासी नेपालीहरुसँग रमाउनमा व्यस्त देखिन्थे । नयाँ वर्षकै कार्यक्रमको सिलसिलामा बेलायत आएका चर्चित गायक शिव परियारले त एउटा सानो बच्चालाइ बोक्दै आफू नेपालमै बाबाआमासँग बसे जस्तै महशुस गरेको बताएकाछन् । जसले गर्दा पनि नेपाली कलाकारहरुको विदेश तिरको मोह र प्रवासी नेपालीले नेपाली कलाकारलाई गर्ने मायाममताको बारेमा सहजै अनुमान लगाउन सकिन्छ ।

नमस्कार, म कलाकार भुवन के.सी.
आदरणीय यूके लण्डनमा बस्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी बा आमा सबैलाई मा कलाकार भुवन के.सी. को तर्फबाट हार्दिक नमस्कार । हामीले बनाएको ड्रिम्स चलचित्र नेपालमा सुपर डुपर हिट भएर अब तपाईंहरुको शहर लण्डनमा चाँडै हामी सपन इन्टरटेनमेन्टको निमंत्रनामा अाउँदैछौँ । आउँदो ८ मे मा एम्पायर ब्यांकेटिंग हल अल्डरसटमा चलचित्र ड्रिम्स लिएर अनमोल र म तपाईंहरुसँगै बसेर हामी सिनेमा हेर्नेछौं । १५ मे मा सफारी सिनेमा ह्यारोमा तपाईंहरु हामीसँगै बसेर सँगै सिनेमा हेर्नेछौं । चलचित्र ड्रिम्स हेर्नको लागि म कलाकार भुवन के.सी. हार्दिक निमन्त्रणा गर्दछु । थ्यांक यू भेरी मच

9802_1172560966096198_5550133040603546358_n

त्यस्तै गरी नेपाली चलचित्रहरु पनि प्राय विदेशतिर प्रिमियर शो गर्ने प्रचलन बढ्दै गएकोछ । हालै मात्र नेपालमा सफल प्रदर्शन भएको अभिनेता भुवन के.सी.द्वारा निर्देशित नेपाली चलचित्र ड्रिम्स लण्डनमा प्रदर्शन गरिने भएकोछ । बेलायत आउनको लागि भुवन के.सी. र उनका छोरा अर्थात् ड्रिम्सका नायक अनमोल के.सी.ले बेलायत आउनको लागि भीसा पाइसकेकाछन् । तर सो चलचित्रकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह भने आफ्नै कार्य व्यस्तताका कारण बेलायत आउन नपाउने भएकी छन् । उक्त चलचित्रलाई सपन इन्टरटेनमेन्ट लि. यूकेले बेलायतमा ल्याउन लागेको हो । सपन इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सपन कुमार राईका अनुसार आउँदो मे ८ तारिख आइतवारका दिन ड्रिम्सको पहिलो प्रदर्शनी अल्डरसटस्थित एम्पायर हलमा गरिनेछ भने मे १५ आइतवारका दिन सफारी सिनेमा ह्यारोमा दोस्रो प्रदर्शनी गरिनेछ । गत वर्ष फाल्गुन २१ मा रिलिज भएको चलचित्र ड्रिम्सले शुरुका केही दिनमा नै आफ्नो लगानी अशुल्न सफल भएको थियो । यस फिल्मको ट्रेलर सार्वजनिक भएको २४ घण्टाभित्रै १ लाख भन्दा बढीले हेरेका थिए । नायक अनमोल के.सी. का यस अघिका अन्य चलचित्रहरु होस्टेल र जेरीले पनि अत्यधिक सफलता प्राप्त गरिसकेकाछन् । चलचित्र ड्रिम्स हेर्नका लागि अभिनेता तथा निर्देशक भुवन के.सी. ले सम्पूर्ण बेलायतवासीहरुलाई निमंत्रना दिंदै तपाईं हामी सबै सँगै बसेर चलचित हेर्नेछौं भन्दै उपस्थितिका लागि अनुरोध गरेकाछन् । यूके आइपुग्ने मिति तय नभए पनि चाँडै नै आउने तयारी भइरहेको आयोजकले बताएकाछन् ।

भीडीयो प्रोमो हेर्नको लागि तल प्ले गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित