लन्डन, अप्रिल ९ तारिख शनिवारका दिन लन्डनस्थित फेल्थाम कम्युनिटि कलेजको एक हलमा गोर्खा अनलाइन रेडियोको तर्फबाट “गोर्खा रेडियो शुभकामना साँझ २०७३” को आयोजना गरिएको थियो ” । बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतीथ्यमा सञ्चालित उक्त कार्यक्रममा अतिथिको रुपमा श्रीमती रिता क्षेत्री, एनआरएनका संस्थापक सचिव तथा नेपाल ब्रिटेन डट कमका अध्यक्ष्य चिरन्जिवी ढकाल, र एनआरएन युरोप संयोजक कूल आचार्यको उपस्थिति रहेको थियो । साँझ ७ बजेबाट शुरु भएको औपचारिक कार्यक्रमको उद्घाटन कार्यबाहक राजदूत तेज बहादुर क्षेत्रीलगायत सम्पूर्ण अतिथिहरुद्वारा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको थियो । शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि कार्यबाहक राजदूत तेज बहादुर क्षेत्रीले गोर्खा रेडियोद्वारा आयोजित यस कार्यक्रमले नेपाली संस्कृति र परम्परालार्इ निरन्तरता दिन ठूलो मद्दत पुग्ने धारणा ब्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गर्दै देश विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुको लागि यो नयाँ वर्ष वि.स. २०७३ सफल प्रेरणादायी बनोस् र गत वर्ष भूकम्पले पुर्याएको क्षतिलाई पनि यस वर्षले पूर्णता दिनेछ भन्ने कामना ब्यक्त गरेका थिए ।गोर्खा अनलाइन रेडियोका संचालक नरेन्द्र बस्नेतद्वारा संचालन गरिएको पहिलो चरणको कार्यक्रममा नेपाल तथा बेलायत दुबै देशका राष्ट्रिय गीतहरु बजाइएको थियो भने दोस्रो चरणको कार्यक्रमलाइ सुजन पराजुलीले संचालन गरेका थिए । कार्यक्रममा गोर्खा रेडियोको तर्फबाट नरेन्द्र बस्नेतले स्वागत तथा शुभकामना मन्तव्यका साथै आफ्नो रेडियो प्रतिको मोह र गोर्खा रेडियोको बारेमा प्रस्तुत गरेका थिए |
स्वागत तथा शुभकामना शन्देश सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।