स्कटल्याण्डवासीको नयाँ वर्ष गायक हेमन्तको साथमा

12994406_10207311031188056_966049555045615291_nएबर्डिन स्कट्ल्याड् । नेप्लिज हिमालयन एसोसिएसन एबर्डिन स्कट्ल्याड्ले नेपाली नया बर्ष २०७३ भब्य र सभ्य रुपमा मनाएको छ । नया बर्ष को अबसर पारेर स्थानीय मेस्ट्रीक हलमा आयोजित कार्यक्रममा नया बर्ष को शुभकामना साटासाट गर्नुका साथै चर्चित गायक हेमन्त शर्मा र स्थानीय कलाकारहरुको साथमा भब्य सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एबर्डिनमा भएका नेपालीह्ररुको ठुलो उपस्थिती रहेको थियो ।
आचार्य पण्डित घनश्याम सुबेदीद्वारा बैद्धिक मन्त्र स्वातिक बाचन गरी शुरु भएको कार्यक्रममा फेसन शो, गायन, नृत्य लगायतका प्रस्तुतिहरु समाबेस गरिएको थियो । गायक हेमन्त शर्मा सहित स्थानीय कलाकारहरु पवी सिम्खड, शुभेक्षा तिवारी, सुहार्जन भट्टराई, सनुजा क्षेत्री, प्रकृती भट्ट,अन्शु भण्डारी, दिपशिखा उप्रेति, आध्या रेग्मि, विविशा उप्रेती लगायतले गायन तथा नृत्य प्रस्तुत गरेका थिए । 12963867_10207311031308059_3473182429168683696_nखचाखच भरिएको हलामा नया बर्षको रमाइलो कार्यक्रमको साथमा स्वादिलो भोजन ग्रहण गर्दै शुभकामना साटासाट गर्न ब्यस्त सहभागिहरुको दृश्य निकै रोचक देखिन्थ्यो । उक्त नया बर्ष बिशेष कार्यक्रमका सम्योजक संचारकर्मी शिव तिवारीले यस्तो बृहत र ब्यबस्थित कार्यक्रम पहिलो पल्ट भएको भन्दै खुशी ब्यक्त गर्नुभयो । दुई चरण गरी सम्पन्न उक्त कार्यक्रमको शुरुमा भर्खर अध्ययन पुरा गरेका ग्राजुएट्सहरु तथा सन्स्थाले सन्चालन गरेको नेपाली भाषा अधयापन गर्दै गरेका नेपाली स्वयमसेबक शिक्षक शिक्षिकहरुलाई सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको थियो । सस्थाका अध्यक्ष टक थापाले स्वागत तथा शुभकामना मन्तब्य दिदै हरेक नेपाली नया बर्षमा गरिने यस्तो कार्यक्रमले नेपाली दाजुभाई दिदी बहिनिहरुमा आपसी सदभाब मेलमिलाप र हार्दिकता बढ्ने भन्दै आफ्नो परम्परा र सन्स्कृतीको जगेर्ना हुनुका साथै नया पिढिले पनि महशुस गर्ने अबसर पाउने बताउनु भयो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित