के कम छन् र नेपाली चेलीहरु पनि ?

12321677_10153687167693878_3057934630806586526_nलन्डन, यदि मानिसमा जोस, जाँगर र लगनशीलता छ भने ढिलो चांडो उसले सफलता पाएरै छाड्छ । कहिंलेकाही हुने असफलताबाट हरेस खाने र तेसैलाई जिन्दगीको अन्तिम प्रयास ठान्ने हो भने पक्कै पनि अघि बढ्न सम्भव हुदैन । त्यस्तै बेलायतको डुरामस्थित सुपरड्रग स्टोरमा कार्यरत एकजना नेपाली महिलालाइ उदाहरण र प्रेरणाको रुपमा लिन सकिन्छ । बेलायतको निकै प्रचलित कम्पनी सुपरड्रगको विज्ञापनमा खेल्नको लागि करिब ८ सय स्टोरमा कार्यरत ब्यूटी थेरापिष्टहरुलाई पछी पार्दै आस्था भट्टराई उत्कृष्ट चयन भएकिछन । सन् १९६४ देखि यूकेमा व्यावसय संचालनमा ल्याएको सुपरड्रगले हाल आफ्नै स्टोरमा ब्यूटीसियन सम्बन्धि कारोवार पनि गर्दै आएकोछ । ब्यूटी एण्ड हेल्थसम्बन्धि सामाग्रीहरुको बिक्रेता गर्दै आएको उक्त कम्पनि बेलायतको दोस्रो ठूलो कम्पनी अन्तर्गत पर्दछ । वार्षिक ४० मिलियन पाउण्ड बराबरको मुनाफा कमाउंदै आएको यस कम्पनीले प्रेस्क्रिप्शन, हेल्थ चेक ,थ्रेडिंग, लेजर हियर र रिमुभलजस्ता सेवाहरु प्रदान गर्दै आएकोछ । सोहि कम्पनीमा विगत ४ वर्षदेखि कार्यरत आस्था भट्टराइ आफूले यति ठूलो कम्पनीमा विज्ञापन खेल्न पाउँला भनेर कल्पना पनि नगरेको भन्दै दङ्ग परेकीछन । काठमाडौँको शंखमूल घर भएकी आस्थाले नेपालकी चर्चित ब्यूटीसियन कमला श्रेष्ठसंग तालिम लिएकी छन् भने बेलायतमा आएर पनि ब्यूटीसियन सम्बन्धि थप तालिमहरु गरेकी छन् । घरमा बसेर पनि जीविकोपार्जन गर्न सकिने यो काम जानेको मानिसलाई काम पाउन पनि समस्या नहुने र सेल्फ इम्प्लोईको रुपमा पनि काम गर्न सकिने बताउछिन । आफू पनि यस पेशाबाट पूर्ण सन्तुष्टि भएको र अन्य महिला दिदीबहिनीहरुलाई पनि यस्तो किसिमको तालिमहरु गर्नको लागि सल्लाह दिन्छिन ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित