लन्डन, नेपाली साहित्य विकास परिसद यूकेद्वारा बेलायतमा एक दशकदेखि पत्रकारिता गर्दै आएका बेलायतस्थित कान्तिपुर सम्वाददाता नवीन पोख्रेल सम्मानित भएकाछन । उक्त संस्थाले नयाँ वर्ष २०७३ का अवसरमा सदाझैँ यो बर्ष पनि पुरस्कार, पदक तथा सम्मान स्वरूप ११ अप्रिलमा वम्ली तन्दूरी रेस्टूरेन्टमा एक समारोहको आयोजना गरेको छ । साहित्यकार गोपाल पराजुलीले एक लाख एक रुपैयाँ तथा पत्रकार महासंघ बेलायत शाखाका पुर्व अध्यक्ष तथा कान्तिपुर युके सम्बाददाता नवीन पोखरेलले बिस हजार रुपैयाँ बराबरको पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका छन् । बेलायतमा बसेर पत्रकारिताको माध्यमबाट नेपाली भाषामा पुर्याएको योगदानको कदर गर्दै पोखरेललाई समान गरिएको हो । त्यस्तै गरी यस वर्ष उच्चतम आन्तरिक मूल्यांकनमा शिर्ष रहनुभई विशिष्ठ सम्मानद्वारा सम्मानित हुनु हुने पदाधिकारि दम्पतिहरूमा कवि हरिहिभोर कार्की तथा श्रीमती मीरा कार्की, मदन थापा तथा श्रीमती संगिता थापा, बाचस्पति रेग्मी तथा श्रीमती गंगा रेग्मी रहेका छन् । कार्यक्रममा कविता वाचन, निर्त्य, सम्मान पत्र हस्तान्तरण लगायत शुभकामना आदान प्रदान गरि सुरु गरियको उक्त कार्यक्रममा कार्यवाहक राजदुत तेजबहादुर छेत्री, समाजसेवी, डा.राघव धिताल, एति अस्सोसियानका अध्यक्ष उमेश मुक्तान, गुल्मी समाजका अध्यक्ष अर्जुन गौतम, खगेन्द्र नेपाली लगाएत समाजसेवी, साहित्यिकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सुरेशजंग शाहले गर्नु भएको थियो भने संचालन डा. सुधा श्रेष्ठले गर्नु भएको थियो ।
फोटो साभार फेसबुक
नेपाली साहित्य विकास परिषद् यूकेद्वारा पत्रकार नवीन पोख्रेल सम्मानित
नेपाली साहित्य विकास परिषद् यूकेद्वारा पत्रकार नवीन पोख्रेल सम्मानित
तपाईको प्रतिक्रिया