अन्जु पन्त र हिमाल सागरको जीवनको प्राप्ति सार्वजनिक

लण्डन , गीतकार नृपेश उप्रेतीको आहान अर्को खुशी एल्बमबाट एउटा अर्को म्युजिक भीडीयो सार्वजनिक भएकोछ । बुढासुब्बा डिजिटलले सार्वजनिक गरेको उक्त म्युजिक भीडीयोमा अन्जु पन्त र हिमाल सागरको स्वर रहेकोछ भने अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत दिएकाछन् । उक्त गीतलाई जीवन्तता दिनको लागि मोडल अनुप बिक्रम शाही र सरला थापाले रोमान्चकारी भूमिका निर्वाह गरेकाछन । माया प्रेमका भावनाले उनिएका शव्दहरुलाई सुन्दर र रमणीय दृश्यहरु सहित पर्दामा उतार्नको लागि म्युजिक भीडीयो निर्देशक दिपेन्द्र केसीले गरेको प्रयासलाइ निकै नै सफल मान्न सकिन्छ Desktop5।
गायक हिमाल सागरको अन्जु पन्तसँगको यो पहिलो युगल गित पनि हो | विक्रम संवत २०७३ सालको नयाँ वर्षको आगमनको संध्या पारेर सार्वजनिक गरिएको उक्त म्युजिक भीडीयो सफल हुने कुरामा गीतकार नृपेश उप्रेती विश्वस्त छन् । मायाँ प्रेमका शव्दहरुको समिश्रण रहेको यस म्युजिक भीडीयोको सबै पक्ष्य राम्रो रहेको दावी पनि उप्रेतीको रहेकोछ ।

म्युजिक भीडीयो हेर्न तल क्लिक गर्नुहोला

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक