लन्डन, नेपाली नयाँ वर्ष वि.स.२०७३ आइपुग्नै लागिसकेकोछ,नयाँ वर्षको रौनक नेपालमा मात्र हैन विदेशमा झन् बढ्दोछ । वास्तवमा भन्ने हो भने नेपालमा भन्दा विदेश तिर पो झन् रमझम बढेकोछ । नेपाली कलाकारहरु धमाधम नयाँ वर्षको कार्यक्रम प्रस्तुत गर्न भनेर त्रिभूवन अन्तरास्ट्रिय विमानस्थलबाट नेपाललाई वाई वाई गर्दै विदेशतिर लागिरहेकाछन । यस्तैगरी बेलायत पनि नेपाली कलाकारहरुको लागि पानी पँधेरो जस्तै नै बन्न पुगेकोछ । यो पक्कै पनि स्वदेशी कलाकारहरुप्रतिको बेलायतवासी नेपालीको मायाँ र ममताकै प्रतिफल हो । यसबेला बेलायतमा नेपालका चर्चित कलाकारहरु शिव परियार प्रियेंका कार्की र हेमन्त शर्माको प्रस्तुतिलाई हेर्न हरेक शोमा दर्शकहरुको घुइंचो लागिरहेकोछ ।
यहीं आइतवारको दिन अल्डरसटको इम्पाएर हलमा नेप्लिज इन्टरटेनमेन्टले आयोजना गरेको कार्यक्रम भव्य रुपमा सफल भएको आयोजकहरुको दावी छ । लगभग ६ सयको संख्यामा उपस्थित दर्शकहरुले हल खचाखच भरिएको देख्दा आयोजकहरु शान्ति गुरुङ,अनिल मल्ल, राजन गुरुङ, दीपक खड्का,र विरेन खड्का निकै सन्तुष्ट देखिन्थे । गौमाया गुरुंगद्वारा संचालित उक्त कार्यक्रममा अतिथिहरु तमुधीं यूकेका अध्यक्ष्य रामचन्द्र गुरुङ, सुर्य गुरुङ, कुल आचार्य, योगेन क्षेत्री र नन्दमाया गुरुंगलाई स्वागत गरिएको थियो । कार्यक्रमको पहिलो प्रस्तुति स्वरूप स्थानीय गायक अनिल तामांगले बिस्तारै बिस्तारै बोलको गित सुनाएर कार्यक्रमको शुरुवात गरेका थिए ।
तेस्पछी प्रियेंका कार्कीको लै बरी लै,मै प्यारी हो कि मेरो जवानी, हेमन्त शर्माको मायाँ सार्है महँगो,मूल हौ भने रसाइदेउ,माया त यस्तो होस् अनि शिव परियारको रित्तो रित्तो छु म,मलाइ जालमा पार्यो फेसबुकले र पिउदिन भन्दा भन्दै पिलायो साथीले जस्ता गीतद्वारा दर्शकहरु मन्त्रमुग्ध बनेका थिए । विदेशमा आएर दर्शक स्रोताहरुको यस्तो मायाँ पाउँदा हेमन्त शर्मा दङ्ग परेका थिए । स्टेजबाट तल आएर कलाकारहरु दर्शकहरुको माझमा रमाउन पाउँदा उनीहरुले आफूलाई विदेशमा छु भन्ने समेत भुल्न पुगेका थिए ।
अहिले प्रत्येक दिन एक भन्दा बढी नेपाली कार्यक्रमहरु भैरहंदा पनि दर्शकहरुले समय मिलाएर कलाकारहरुलाई साथ् दिनु पक्कै पनि कालाकारहरुको लागि खुसीको कुरा हुन साक्छ । नेपालमा छक्का पन्जाको सुटिंग गर्दागर्दै बेलायत आएकी प्रियेंका भने आउँदो बुधबार नेपाल फर्किनेछिं । गायकद्वय शिव परियार र हेमन्त शर्मा भने अझै केहि समय यतै बस्नेछन ।
फोटो साभार – HAB