लन्डन, करिब नौ वर्ष अघि दक्षिण पूर्वी लण्डनको प्लमस्टेडमा गठन गरिएको सोसाइटि अफ नेप्लिज हाइलि स्किल्ड प्रोफेशनल यूके हाल नेपाली समाज वेलायत भित्र चिरपरिचित नाम बनिसकेकोछ । स्थानीय नेपाली समाजका विभिन्न संघ संस्थाहरुलाई विभिन्न तरिकाले हातेमालो गर्दै हिडेको यस संस्थाले खासगरि गतसाल नेपालमा गएको विनासकारी भूकम्पमा लण्डन स्थित नेपाली राजदूतावासलाई हेल्पडेस्क संचालनमा उल्लेखनीय भूमिका खेलेपछि सोसाइटि अफ नेप्लिज हाइलिस्किल्ड प्रोफेसनल यूकेको नाम अनुसारको पहिचान अगाडि आएको हो । संस्थाले हिजो वेलिङ्ग स्थित सेन्ट माइकल कम्युनिटि सेन्टरमा नेपाली नयाँ वर्ष मनाउन तथा नयाँ कार्य समितिलाई कार्यभार हस्तान्तरण गर्न एक भब्य कार्यक्रमको आयोजन गरेको थियो । दिनेश पौडयाल र विष्णु न्यौपानेले सयुक्त रुपमा संचालन गरेको उक्त कार्यक्रमलाइ दुई भागमा विभाजन गरिएको थियो । पहिलो कार्यक्रम अन्तरगत संस्थाका अध्यक्ष श्री नारायण भट्टराई, सहभागी मध्येको नेपालबाट आउनुभएकी अभिभावक, नेप्लिज यूथ नेटवर्कका प्रतिनिधि, पछिल्लो सन्ततीका प्रतिनिधि वालिकाहरुले संयुक्त रुपमा पानसमा दीप प्रज्वलित गर्दै औपचारीक रुपमा कार्यक्रमको उद्घाटन गरिएको थियो । अतिथी गायक श्री दिपक थापा, संस्थाका सल्लाहकार तथा पदाधिकारीहरु एवं सहभागि सम्पूर्ण आगन्तुक महानुभावहरुलाई सस्थाका उपाध्यक्ष श्री विमल अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो । संस्थालाई विविध रुपले महत्वपूर्ण योगदान दिनुहुने सर्व श्री भुवानी न्यौपाने, चरण सेन, दिनेश पौडयाल, दीप गिरी, दिपक थापा, नारायणप्रसाद साह, प्रेम सापकोटा, रमेश दाहाल, रुद्र गौतम, सुनिल न्यौपाने, सुरज राई र वेद भट्टराईलाई वहाँहरुले गर्नु भएको कार्यलाई कदर गर्दै प्रसंशा पत्र तथा टोकन अफ लभ संस्थाका अघ्यक्ष श्री भट्टराईले प्रदान गर्नु भएको थियो । त्यसैगरी अर्को आकर्षक प्रस्तुतीको रुपमा आफ्ना आमाबाबाहरुलाई अध्ययनको मिठो फल दिन सफल स्थानिय नेपाली विद्यार्थि भाई वहिनी तथा छोरा छोरीहरुलाई उनिहरुको मनोवल उच्च गराई अध्ययनमा अझ उत्प्रेरीत गर्ने तथा भावि सन्ततीहरुले पनि सोही बाटो अपनाउन् भन्ने उद्देश्यले सर्वोत्कष्ठ प्रमाणपत्र (सर्टिफिकेट अफ एक्सीलेन्सी) वितरण गरिएको थियो ।
स्मरण रहोस यो अभियान विगत चार वर्षदेखि गरिदैं आएको छ । उक्त प्रमाणपत्र पाउने विद्यार्थी छोरा छोरीहरुतर्फ सर्व श्री अभ्यास गिरी, एलिसन तिम्सिना, एन्जेला वज्रचार्य, अपेक्षा न्यौपाने, आशिश तिम्सिना, दिक्षान्त कोइराला, एलिना अधिकारी, निविदीता गौतम, निहारीका सापकोटा, निकिता खरेल, निश्चल सेन, पुस्कर दाहाल, राजिभ भण्डारी, रुपा अधिकारी, सहिल कैनी, शैलेस घिमिरे, शिखा न्यौपाने, श्रेया कैनी, श्रीजा न्यौपाने, सिमरन घिमिरे, सुवास पौडयाल, सजन वज्रचार्य र तृशा प्रधान थिए । यो वर्षवाट उच्च शिक्षा अध्ययन पूरा गर्ने संस्थाका सदस्यहरु डा.वच्चुकैलाश कैनी, चन्द्र कार्की, मनोज ओझा र श्रीमति सोमना घिमिरे समेतलाई सर्टिफिकेट अफ एक्सीलेन्सी प्रदान गरिएको थियो । त्यसैगरी संस्थाले नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले नेप्लिज यूथ नेटवर्कको सहकार्यमा प्रथम पटक स्मारिका २०१६ प्रकाशित गरेको छ । उक्त स्मारिका २०१६ को विमोचन संयुक्त रुपमा संस्थाका अध्यक्ष श्री भट्टराई तथा साधारण सदस्य तथा डाटफोर्ड बरो काउन्सिलका काउन्सिलर डा. बच्चुकैलाश कैनी, नेप्लिज यूथ नेटवर्कका प्रतिनिधिहरुले संयुक्त रुपमा गरेका थिए । गत २ अप्रिल २०१६ का दिन गेसोको हल प्लमस्टेडमा बसेको साधारण सभा कार्यक्रममा त्रीसदस्यीय निर्वाचन मण्डलले दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमितिको चुनाव सम्पन्न गराएको थियो । हिजोको उक्त कार्यक्रममा निर्वाचन मण्डलका संयोजक श्री अर्कराज तिम्सिनाले सोसाइटि अफ नेप्लिज हाइलिस्किल्ड प्रोफेशनल यूकेको पाँचौं कार्यकारिणी समिति निर्विरोध रुपमा चयन भएको घोषणा गर्दै प्र्रमाण पत्र वितरण तथा आ आफनो पदको गोपनियताको शपथ खुवाउनु भएको थियो । संस्थाको नयाँ कार्यकारिणी समितिमा चनिएर आउनेहरुमा अध्यक्षमा डा. तेजन्द्र फेराली, उपाध्यक्षमा दीप गिरी, सचिवमा लेखनाथ खरेल, सह सचिवमा श्रीमति शर्मिला न्यौपाने, कोषाध्यक्षमा रामकृष्ण अधिकारी, सदस्यहरूमा नारायण साह, सूर्य तामाङ्ग, शंकर चौधरी, पविना दाहाल, तिर्थराज पौडेल र नेप्लिज यूथ नेटवर्कका प्रतिनिधि आशिष तिम्सिना छन् ।
संस्थाका निवर्तमान अध्यक्ष श्री भट्टराईले नयाँ कार्यसमितिलाई बधाई दिदै आगामी कार्यसमितिले अझ राम्रो काम गर्दै संस्थाको उत्तरोत्तर विकास गरोस भन्दै शुभकामना ब्यक्त गर्नुभयो । संस्थाका नवनिर्वाचित अध्यक्ष डा. फेरालीले प्रोफेसनलहरुको यो संस्थामा आफूलाई अध्यक्षको पदमा चुनेर नेतृत्व प्रदान गर्न पाएकोमा गौरव लागेको र आगामी दिनमा यूवा पिढिलाई अझ शसक्त रुपमा अगाडि बढाउने, शीपमूलक र नयाँ अवसरह?को पहिचान गर्दै संस्थागत विकास तथा सदस्यहरुको उन्नतीमा जुटने प्रतिवद्धता ब्यक्त गर्नुभयो । निवर्तमान अध्यक्षले आफ्ना कार्यसमितिका सवै सदस्य तथा सल्लाहकार एवं निजका श्रीमति र श्रीमानलाई पनि विदाई उपहार प्रदान गर्नुभएको थियो । कार्यक्रमको दोश्रो चरणमा “नयाँ वर्ष २०७३ मयूजीकल नाइट” करीव २५0 को उपस्थितिमा भब्य साँस्कृतिक कार्यक्रम उनै द्वय संचालकले संचालन गरेका थिए । अतिथी कलाकार गायक दिपक थापाले नेपाली राष्ट्रिय गीतबाट थालनी गर्दै जोशिला तथा प्यारोडि गीत गाउदै दर्शकहरुलाई झुमाएका थिए । उनले दर्शक दिर्घावाट स्वस्फुर्त उठाएर नचाउदै नयाँ वर्ष यादगारपूर्ण बनाउदै कार्यक्रमको रौनकता वढाएका थिए भने कवि विनोद न्यौपाने, ललित न्यौपाने र सोहन घिमिरेले कविता वाचन गरी श्रोताहरुलाई सुनाएका थिए । त्यसैगरी कलाकार छोरीहरु अपेक्षा न्यौपाने, स्वीकृत वाग्ले, मनस्वी भट्टराई, निकिता खरेल, महिमा पराजुली लगायतले भरपुर मनोरञ्जन गराएका थिए । डि जे अनुपले सबैलाई नचाएर नया वर्षको माहौल तताएका थिए । कार्यक्रमको अन्त्यमा एक आपसमा नयाँ वर्षको शुभकामना आदान प्रदान गरी सहभागीहरु विदाई भएका थिए ।
सोसाइटि अफ नेप्लिज हाइलिस्किल्ड प्रोफेशनल यूकेको अध्यक्षमा डा. तेजेन्द्र फेराली
सोसाइटि अफ नेप्लिज हाइलिस्किल्ड प्रोफेशनल यूकेको अध्यक्षमा डा. तेजेन्द्र फेराली

तपाईको प्रतिक्रिया