क्षेत्री समाज बेलायतको पाँचौं अधिवेशन सम्पन्न अध्यक्ष्यमा कुँवर निर्विरोध

chhetri-5th-1024x684लन्डन, यही अप्रिल २ तारिख शनिवारका दिन बेलायतबासी नेपालीहरुको हकहितका लागि सन् २००७ मा स्थापित क्षेत्री समाज बेलायतको पाँचौं अधिवेशन भव्य रुपमा सम्पन्न भएकोछ । बेलायतको रेडिंगमा भएको उक्त अधिवेशनको उद्घाटन समाजका सम्रक्षक ध्रुव के.सी. र समाजकै अध्यक्ष्य प्रेम खड्काद्वारा सयुक्त रुपमा पानसमा बत्ति बालेर गरिएको थियो । संस्थाका अध्यक्ष प्रेम बहादुर खड्काको अध्यक्ष्यतामा बसेको सो अधिवेशनले समाजका पूर्व उपाध्याक्ष्य रि. क्याप्टेन धन बहादुर कुँवरलाई निर्बिरोध रुपमा संस्थाको अध्यक्ष्यमा चयन गरेको छ भने कुँवरको नेतृत्वमा आगामी दुइ वर्षको लागि २१ सदस्यीय कार्यसमितिको पनि चयन गरेकोछ । IMG_2114-1024x684जसअनुरुप उपाध्यक्ष्यमा रि.क्याप्टेन टेक बहादुर जी.सी., महासचिव राजन कुमार क्षत्री, कोषाध्यक्ष्यमा गोबिन्द महत, सह-सचिव कुमार के.सी., सह-कोषाध्यक्ष्य सुश्री सेविका जी.सी., महिला संयोजक श्रद्दा थापा, जनसम्पर्क सचिव दिल बहादुर जी.सी.,सांस्कृतिक सचिव श्रीमती सुनिता गौतम थापा संचार संयोजक नरेन्द्र बस्नेत तथा कार्यकारी सदस्यहरुमा ललित कुमार न्यौपाने, कृष्ण थापा, श्रीमती माया के.सी., चन्द्र कार्की, उत्तम खत्री,महेन्द्र की.सी., मनिष खड्का, पदम विर्ख रावल, श्रीमती प्रतिमा के.सी., इन्द्र क्षेत्री र टोप बहादुर रावत निर्विरिध चयन भएकाछन् । कार्यक्रममा शुभकामना तथा स्वागत मन्तव्य दिंदै समाजलाई अघि बढाउन र समाजको हक हितको लागि सबैले मिलेर केही गरौँ भन्ने भावनाले अगाडी बढ्नु पर्ने सबैको राय रहेको थियो । समाजमा जेजति कार्यहरु भइरहेकाछन् त्यसलाई सबैले मिलेर अझ अगाडि बढाउने प्रयास गर्नुपर्ने र प्रतिस्पर्धाको भावनाले हैन सेवा र सहयोगको भावनाले अगाडि बढ्नुपर्ने जस्ता अवधारण राखिएका थिए । मन्तव्य प्रस्तुत गर्नेहरुमा समाजका अध्यक्ष्य प्रेम बहादुर खड्का, सम्रक्ष्यक ध्रुव के.सी., महासचिव टेक बहादुर जी.सी., पूर्व अध्यक्ष भीम बानिया र रामशरण सिंखडा थिए । महासचिव टेक बहादुर जी.सी.ले दुइवर्षे अवधिको सम्पूर्ण विवरणहरु प्रस्तु गरेका थिए । समाजलाई अझ बढी गतिशील र प्रभावकारी बनाउँदै लैजाने बाचासहित पुरानो कार्यसमितिले नयाँ कार्य समितिलाई हस्तान्तरण गरेको थियो ।
बाँकी फोटोहरु हेर्नको लागि यहाँ क्लिक गर्नुहोला फोटो भारत क्षेत्री,

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित