बेलायतमा एक पाउण्डको नयाँ सिक्का आउने

32AC466C00000578-3516657-image-a-24_1459389053468लन्डन, बेलायतमा हाल प्रचलनमा रहेको गोलो आकारमा रहेको एक पाउन्डको सिक्का अब धेरै समयसम्म रहने छैन । तीन दशकभन्दा बढी समयसम्म प्रचलनमा रहेको उक्त सिक्काको नक्कली धेरै आउन थालेपछि नक्कल गर्नेहरुलाई निरुत्साहित गर्ने उद्देश्यले नयाँ सिक्क्लाई प्रचलनमा ल्याउन लागिएको हो । नयाँ आउने सिक्कामा १२ओटा पाटाहरु हुनेछन् जुन संसारकै सुरक्षित सिक्का मध्येमा पर्दछ । हाल प्रचलनमा रहेको गोलो सिक्का प्रत्यक सयमा तीन ओटा सिक्का नक्कली हुने गरेकोछ । अब आउने नयाँ सिक्काले आर्थिक पक्ष्यलार्इ मजबुत बनाउनेछ भने नक्कली कारोबार गर्नेहरुलाई पनि नियन्त्रण गर्ने बेलायत सरकारको विश्वास रहेकोछ ।ccc सन् २०१७ को मार्चबाट सर्वसाधारण समक्ष पुर्याउने लक्ष रहेको सो सिक्कालाई प्रारम्भ भएको ६ महिनाभित्रमा सम्पूर्ण पुराना सिक्कालाई फिर्ता गरिसकिनेछ, त्यसपछि भने पुराना सिक्काहरु निष्कृय हुनेछन् । उक्त नयाँ सिक्का ल्याउने सम्बन्धमा सन् २०१४ को बजेटमा नै घोषणा गरिएको थियो । दुइटा रंगको धातुको समीश्रण उक्त सिक्का एक मिनेटमा ४ हजारभन्दा बढी उत्पादन हुनेछन् । हाल विशेषगरी कार पार्कलगायत विभिन्न भेन्डिंग मशिनहरुमा एक पाउन्डको सिक्का व्यापक प्रचलन हुँदै आएकोछ । यो नयाँ परकारको सिक्काको प्रयोगबाट सम्पूर्ण भेन्डिंग मशिनहरुलाई पनि नयाँ परिवर्तन गर्नुपर्ने हुन्छ । नयाँ सिक्का लागू हुन अझै एक वर्ष बाँकी रहे पनि खुत्रुकेमा पैसा संकलन गर्नेहरुले तोकिएको समयअघि नै त्यसलाई व्यवस्थित गर्न सके राम्रो हुनेछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित