भूकम्प पीडितको लागि रोसनाद्वारा ३ लाख संकलन

12935241_10153431319103639_1862186558_n-700x525लन्डन । लन्डनस्थित अक्सब्रिज बस्ने रोसना गुरुङले भूकम्प पीडितका लागि २ हजार ७४ पाउण्ड ४ पेन्स् (करिब ३ लाख २० हजार रुपैयाँ) जम्मा गरेकी छन् । गुरुङको सकृयतामा जम्मा भएको साे रकम आज लन्डनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेकी छन् । सहयोग रकम बुझ्दै नेपाली दूतावास लन्डनका थर्डसेक्रेटरी बाबुकाजी डंगोलले प्रधानमन्त्री राहत कोष मार्फत भूकम्प पिडितलाई सो रकम हस्तान्तरण गरिने जानकारी दिदैं सहयोग दाताहरुलाई धन्यवाद दिए । हन्स्लो क्षेत्रमा वस चालकको रुपमा सकृय गुरुङ कार्यतरसंस्था लन्डन यूनाइटेड (आरएटिपी) समूहले सो रकम सँकलन गर्न सहयोग गरेको थियो । सो रकम हस्तान्तरण गर्न लन्डन यूनाइटेडको प्रतिनिधी रजिन्धर सिहं राय नेपाली दूतावास लन्डन पुगेका थिए । गुरुङले भूकम्प गएको करिब १ बर्ष सम्म पनि पिडितले दुःख पाएको देख्न नसकेर आफ्नो तर्फबाट केही सहयोग गरौं भन्ने भावनाले उक्त रकम सँकलन गरेको बताइन् । उनले संकलित रकम सरकारी निकायबाट पठाउन पाउँदा निकै खुशी लागेको जनाइन् । सो रकम सँकलन गर्न उनले आफैले काम गर्ने स्थानमा नेपाली खाना समेत बेचेकी थिइन् । रकम सँकलन गर्न शशी देवान, लता कुँवर लगायतले सहयोग गरेका थिए । गुरुङले आवश्यक पर्दा नेपालीहरुको दुःखमा साथ दिन आफु पछाडि नहट्ने बताइन् । नेपालब्रिटेन डट कम

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित