लन्डन । गैरआवासीय नेपाली सँघ अष्ट्रियाको नेतृत्वको लागि त्रिपक्षीय भिडन्त जारी छ । संघको आज भएको अधिवेशनले नयाँ नेतृत्वको चयन गर्न लागेको हो । अध्यक्षका लागि ध्रुव पौडेल, धर्मराज खतिवडा र मुक्त लामा गुरुङ चुनावी मैदानमा छन् । सो समाचार तयार पार्दा सम्म साल्सवर्क र भियना दुई क्षेत्रमा मतदान जारी छ । ४ सय ३० जना मतदाता रहेको संघको उपाध्यक्षमा कुमार अधिकारी, कमल थापा र नेत्र बहादुर खड्का मैदानमा उत्रिएका छन् । यस्तै महासचिबमा रवी चन्द्र भट्टराई, सागर सुवेदी र गोपाल बाबु श्रेष्ठले आफ्नो उम्मेदवारी मनोनयन गरेका छन् ।
कोषाध्यक्षमा बिनोद खड्का, निर्मल पौडल लगायतको उम्मेदवारी परेको छ । आज राति अवेर सम्म निर्वाचनको नतिजा आइपुग्ने अपेक्षा गरिएको छ । निर्वाचनलाई स्वतन्त्र र निश्पक्ष रुपमा सम्पन्न गर्न बुद्धि तामाङ, डा दीपक ढुंगाना र डर्विन लामा रहेको निर्वाचन समिति सकृय रुपमा लागि परेको छ ।
यसअघि सँघको महाअधिवेशनलाई प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली सँघ यूरोप संयोजक कुल आचार्यले बदलिदो राजनीतिक परिस्थिती र संविधानमा गैरआवासीय नेपालीहरुको ग्यारेन्टीका कारण विदेशमा बस्ने नेपाली समूदायको मूलुक प्रति थप जिम्मेवारी आएको बिचार ब्यक्त गर्दै अधिवेशनको सफलताको लागि शुभकामना दिए । संघका अध्यक्ष मुक्त गुरुङले सँचालन गरेको कार्यक्रममा त्यहाँस्थित बिभिन्न संघसँस्थाहरुले अधिवेशनको लागि शुभकामना मन्तब्य दिए ।
नेपालब्रिटेन डट कम
गैरआवासीय नेपाली सँघ यूरोप संयोजक भियनामा, एनआरएन अस्ट्रियामा त्रिपक्षीय भिडन्त
गैरआवासीय नेपाली सँघ यूरोप संयोजक भियनामा, एनआरएन अस्ट्रियामा त्रिपक्षीय भिडन्त

तपाईको प्रतिक्रिया