लन्डन,यहिं मार्च २५ तारिख शुक्रबारका दिन लन्डनको मुख्य केन्द्रविन्दु मानिने वेष्टमिनिष्टर आसपासबाट बेपत्ता भएका ७३ वर्षीय भूपू गोर्खा फेला परेकाछन । सोलुखुम्बु घर भएका ७३ वर्षीय दुर्गा प्रसाद राई भूपू गोर्खा आन्दोलनमा सहभागी हुन लन्डन गएका थिए । अल्डरसटबाट बस मार्फत आन्दोलनमा सहभागी हुन भनि आएका राई फर्किने बेलामा देखिएका थिएनन । सत्याग्रह समिति तथा परिवारद्वारा प्प्रहरिको सहयोग लिइएको थियो ।सत्याह्रह समितिका सहसंयोजक सुर्य नेम्वांगका अनुसार उनि सकुशल फेला परेको जानकारी प्राप्त भएकोछ । गत शुक्रबार प्रधानमन्त्री कार्यालय अगाडी भूपू गोर्खाहरुले भव्य प्रदर्शन गरेका थिए ।