लन्डन, २७ मार्च २०१६ आइतवार बिहानको १ बजे यूकेको समय एक घण्टा अगाडी जानेछ, अर्थात बिहानको १ बजेको समयलाई २ बजेको समयमा निर्धारित गरिनेछ । यहाँ प्रत्यक वर्ष मार्च महिनामा ब्रिटिस समर टाइम (British Summer Time )मा समयलाई एक घण्टा अगाडी लगिन्छ भने अक्टुबर महिनामा (Greenwich Mean Time) घडीलाई एक घण्टा पछी सारिन्छ । हिजोआज प्रायजसो उपकरणहरुको समय आफै परिवर्तन हुने गर्दछन भने केहीलाई भने आफैले परिवर्तन गर्नुपर्ने हुछ ।