लन्डन । यहिं मार्च २५ तारिख शुक्रबारका दिन लन्डनको मुख्य केन्द्र वेष्टमिनिष्टर आसपासबाट एक भूपू गोर्खावृद्ध बेपत्ता भएका छन् । सत्याग्रह समितिका सूर्य नेग्वाङका अनुसार शुक्रवार बेलायती प्रधामन्त्री कार्यालय अगाडि भएको एक प्रदर्शनमा भाग लिन आएका दुर्गा प्रसाद राई बेपत्ता भएका हुन् । सोलुखुम्बु घर भएका ७३ वर्षीय राई भूपू गोर्खा आन्दोलनमा सहभागी हुन लन्डन गएका थिए । अल्डरसटबाट बस मार्फत आन्दोलनमा सहभागी हुन भनि आएका राई फर्किने देखिएका थिएनन । नेम्वांगका अनुसार उनी हराएपछि खोजी तीव्र पारिएको जनाउंदै परिवारले प्रहरीमा उजुरी गरेको समेत बताए । सत्याग्रह समितिका अभियान्त ज्ञान राज राईले खोजीमा सहयोग गरिदिन सबैमा आग्रह गरेका छन । उहाँको बारेमा केहि जानकारी प्राप्त भएमा निम्न सम्पर्क नम्बरमा जानकारी गाराउनको लागि अनुरोध गरिएकोछ ।
सुर्य नेम्वांग – 07525729585
श्रीमती दुर्गा राई – 0755364169
लण्डनमा एक भूपू गोर्खा बेपत्ता
लण्डनमा एक भूपू गोर्खा बेपत्ता

तपाईको प्रतिक्रिया