लामिछानेद्वारा नेपालका ४० विध्यार्थिलाई छात्रवृत्ति प्रदान गर्ने

raviलन्डन, लन्डनका एक सफल व्यावसायीको रुपमा परिचित व्यवसायी एवं समाजसेवी रविजंग लामिछानेले नेपालमा ४० वालवालिकालाई छात्रवृत्ति दिने भएका छन् । उनले आफ्ना स्वर्गीय पिता चन्द्रजंग लामिछानेको सम्झनामा रवि चन्द्र ट्रष्ट स्थापना गरि ४० वालवालिकालाई आउँदो शैक्षिक सत्र ०७३ देखि उत्कृष्ट निजी विद्यालयमा निशुल्क शिक्षा प्रदान गर्ने भएका हुन् । द्वन्द्व तथा प्राकृतिक प्रकोपबाट अभिभावक गुमाएका र विस्थापित भएका, टुहुरा, आर्थिक रुपमा पिछडिएका, असहाय तथा जेहेन्दार तथा हिंसाको शिकार भएका एकल महिलाको वालवालिकाले आवेदन दिन सक्ने लामिछानेले जनाए । लामिछानेले आफ्नो बाबुको मार्ग निर्देशन र शिक्षाप्रतिको गहिरो लगावका कारण यसअघि व्यक्तिगत तर्फबाट वालवालिकालाई देशका विभिन्न विद्यालयमा निशुल्क शिक्षा प्रदान गर्दै आएपनि अब संस्थागत रुपमा ट्रष्ट स्थापना गरि गृह जिल्ला पर्वतको तिलाहार, देउपुर, बाजुङ, रामजा, चित्रे गाविसहितका गाउंलाई केन्द्रित गरि उक्त छात्रवृत्ति वितरण गरिने जनाए । छात्रवृत्तिको आवेदन कक्षा ५, ६ र ७ का लागि हुने र छनोट गरिएका वालवालिकालाई उच्च शिक्षासम्म खर्च बेहोरिने जनाइएको छ । ट्रष्टले एक सूचना जारी गर्दै दरखास्त आव्हान गरेको कुरा ई-कान्तिपुरले जनाएकोछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित