लन्डन, विक्रम सम्बत २०७३ सालको नेपाली नयाँ वर्षको सुखद उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले गोर्खा रेडियोको संयोजनमा यही अप्रिल ९ तारिख २०१६ शनिवारका दिन लण्डनको फेल्थामस्थित फेल्थाम कम्युनिटी कलेजको एक हलमा विशेष कार्यक्रम गरिने भएकोछ । संसारभरि छरिएर रहेका नेपालीहरुलाई लक्षित गरी लन्डनबाट हाल परिक्षणको रुपमा संचालन गरिंदै आएको गोर्खा अनलाइन रेडियोलाइ हाल ९० भन्दा बढी मुलुकहरुका स्रोताहरुले सुन्दै आइरहेकाछन् । नेपाली एफएम, हाम्रो पात्रो, ट्यून इन र गोर्खा रेडियो एप्लिकेशनलगायत अन्य विभिन्न माध्यमबाट सुन्न सकिने उक्त अनलाइन रेडियोलाई चौबीसै घण्टा सुन्न सकिन्छ।
गीत संगीत, स्वास्थ्य, सौन्दर्य र विभिन्न जानकारीमूलक प्रस्तुतिहरु हाल प्रशारणमा रहेका नियमित कार्यक्रमहरु हुन् । नेपाली कला संस्कृति र परम्परालाई निरन्तरता दिने र भावी सन्ततिहरुमाझ पनि यसलाई निरन्तरता दिलाउने उद्देश्यले आयोजना गरिएको यस शुभकामना साँझमा स-साना बालबालिका हरुलाई पनि प्रोत्साहन गरिनेछ । गोर्खा रेडियो शुभकामना साँझको रुपमा हुन गइरहेको सो कार्यक्रमलाइ मुख्यतया सांगीतिक र मनोरन्जनात्मक बनाउने उद्देश्यले डीजे, नाचगान तथा खानपिनको पनि प्रबन्ध गरिएकोछ । शुभकामना सांझलाई सफल पार्न र संगीतमय बनाउन डीजे चांद लामाले मुख्य भूमिका निभाउने भएकाछन् । कार्यक्रमलार्इ थप आकर्षक बनाउने उद्देश्यले दर्जनौँको संख्यामा लक्की ड्रको व्यबस्था गरिएकोछ भने उक्त लक्की ड्रलार्इ बिभिन्न ब्यक्ति तथा व्यावसायीहरुबाट प्रायोजन हुने भएकोछ । प्रवेश शुल्क १५ पाउण्ड राखिएकोछ भने साथमा एउटा निःशुल्क ड्रिंक्स पनि उपलब्ध गराइनेछ । ६-१२ उमेर हुनेहरुका लागि ८ पाउण्ड र ५ वर्षभन्दा मुनिको लागि निःशुल्क प्रवेशको व्यबस्था गरिएकोछ । साँझ ६ बजेदेखि औपचारिक कार्यक्रमको शुरु हुने र रातिको १२ बजे कार्यक्रमको समापन गरिनेछ । कसरि र कहाँ जाने भनेर थाहा पाउनको लागि यहाँ क्लिक गर्नुहोला ।
सम्पर्क:-
०७८२८९०२५२१, ०७८८६९२५८०६, ०७७६६५६३३३७, ०७४८११४५०८५
फोटो साभार- फेसबुक
कार्यक्रम सम्बन्धि प्रोमो हेर्न तल प्ले गर्नुहोला,