फाइल फोटो – होली २०१४
लण्डन । अाज नेपालमा धुमधामका साथ फागु पर्व अर्थात् होली पर्व मनाइँदै छ । हाेली पर्व नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गीन बनाउँछन् । होली पर्वलाई मेलमिलाप र सद्भावको सन्देश दिने पर्वको रुपमा लिइँदै आएको पाइन्छ । फागु पर्व दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रहृलादलाई मार्ने उद्देश्यले ब्रहृमाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी थिइन् भने प्रहृलादलाई आगोले छुन नसकेको हिन्दू धर्मशास्त्रहरूमा उल्लेख छ । सोही समयदेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । पूरा पढ्न यहाँ क्लिक गर्नुहोला
गर्खा रेडियोको प्रस्तुति कार्यक्रम होली विशेष सुन्नको लागि तलको प्ले बटनमा प्ले गर्नुहोला