लन्डन, यहि मार्च १९ तारिख शनिवारका दिन बेलायतका राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ह्यारी नेपालको पाँचदिने औपचारिक भ्रमणमा नेपाल आएकाछन् । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारीबाट पहिलो पटक नेपाल भ्रमण हुन लागेको हो । राजकुमार ह्यारी बेलायती राजपरिवारबाट १८ बर्ष पछि नेपाल भ्रमणमा आउने पहिलो विशिष्ट पाहुना हुन् । बेलायती राजकमार चाल्सले २४ माघ २०५४ मा नेपालको भ्रमण गरेका थिए भने राजकमार फिलिपले २९ कार्तीक २०५७ मा विश्व वन्य जन्तु कोषको कार्यक्रममा सहभागी हुन आउने क्रममा नेपालको चारदिने भ्रमण गरेका थिए । बेलायती महारानी एलिजावेथ द्धितीयले २०१८ र २०४३ सालमा गरी दई पटक नपालको औपचारीक भ्रमण गरेकी थिईन् भने बेलायती राजकुमारी डायनाले १९ फागुन २०४९ मा नेपालको चारदिने औपचारिक भ्रमण गरेकी थिईन् । सन् १८५२ मा प्रधानमन्त्री जङ्गबहादुर राणाबाट प्रारम्भ भएको उच्चस्तरीय नेपाल-बेलायत भ्रमण आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउँदै आएको छ । हालसम्म नेपालबाट बेलायतको उच्चस्तरीय भ्रमणले पनि निरन्तरता पाउँदै आएको छ । नेपाल भ्रमणको दोस्रो दिन बिहानैदेखि सक्रिय भएका छन्। मध्यान्नमा पाटन दरबार क्षेत्र पुगेका उनलाई हेर्न धेरैको भिड लागेको थियो। उनले पाटन दरबार संग्रहालयको पनि अवलोकन गरेका छन् । सामन्य व्यक्तिको रुपमा प्रस्तुत युवराज ह्यारीले सर्वसाधरंसंग घुलमेल गरेका थिए ।