लन्डन, नेपालीहरुले बि.स. २०७२ साललाई बिदाइ गरेर नयाँ वर्ष २०७३ लाइ स्वागत गर्न अब केहि हप्तामात्र बाँकी रहेकोछ । नेपाल र नेपालीहरुको इतिहाँसमै बि.स.२०७२ शुरुदेखि नै अत्यन्त पीडादायी रह्यो । वर्षको शुरुकै महिनामा विनाशकारी भूकम्प आएर देश र जनतालाइ नै नराम्रोसंग असर पार्यो । यस्तो दुखद समयलाई बिदाइ गरेर नयाँ वर्षबाट सकारात्मक आशा जो कोहिले पनि राख्नु स्वभाविक नै हो । बिगतका वर्षहरुमा जस्तै यसपटक पनि देश विदेशमा नयाँ वर्ष मनाउने तयारी भैरहेकाछन । तेस्तै गरि बेलायतमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको नेप्लीज इन्टरटेन्मेन्ट यूकेले नेपालका चर्चित कलाकारहरु शिव परियार, प्रियेंका कार्की र हेमन्त शर्मा सहितको सहभागितामा आउँदो अप्रिल १० तारिखका दिन नयाँ वर्ष २०७३ को अवसर पारेर एक कार्यक्रम गर्ने भएकोछ । गतवर्ष पनि नेपलीज इन्टरटेन्मेन्ट यूकेले शिव परियार, अन्जु पन्त तथा प्रियेंका कार्कीलाई बेलायतमा ल्याएर केहि कार्यक्रम गरि भूकम्प पीडीतहरुलाई पनि सहयोग गरेको थियो । अल्डरसट स्थित एम्पायर हलमा कार्यक्रम गर्ने तय भएको आयोजकहरुले बताएकाछन । साँझ ६ बजेदेखि १० बजेसम्म हुने उक्त कार्यक्रमको लागि टिकट दर १० पाउण्ड तोकिएकोछ । कार्यक्रम व्यबस्थापनको लागि शान्ति गुरुङ, विरेन खड्का,अनिल मल्ल,राजन गुरुङ र दिपक खड्काले मुख्य भूमिका निर्वाह गरेकाछन । भेटघाट तथा शुभकामनाको लागि कुराकानी रेस्टुरेन्ट अल्डर्सटमा तय गरेको कुरा पनि आयोजकहरुले बताएका छन् । सोहि कलाकारहरुद्वारा नयाँ वर्ष सम्बन्धि कार्यक्रमहरु अन्य विभिन्न स्थानहरुमा पनि हुनेभएकोछ ।
प्रियेंका, हेमन्त र शिव परियारको नयाँ वर्ष २०७३ धमाका बेलायतमा,
प्रियेंका, हेमन्त र शिव परियारको नयाँ वर्ष २०७३ धमाका बेलायतमा,

तपाईको प्रतिक्रिया