स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए
आफुले चाहेको बेला अन गर्थे
नचाहेको बेलामा अफ गरिदिन्थे
मनपरेको कुरागर्दा सुनी दिन्थे
डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी दिन्थे
स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए
आधा रातमा साथीभाइ र पार्टीबाट फर्किदा
रिसले मुर्मुराएर उनी झर्किदा
म्यूट थिची दिन्थे अनि कचकच नसुनी सुति दिन्थे
घरमा पनि कहिले काँही हुस्की वियरको चुस्की लगाउँदा
उनी रिसाउन कराउन थाल्दा
स्टप थिची दिन्थे चुस्कीलाई निरन्तरता दिदै
स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए ……
बाँकी सुन्नको लागि प्ले गर्नुहोला
डा. गोबिन्दसिंह रावत