खर्बपतिको सूचीमा बिनोद चौधरी

binod-chaudhariगोर्खा सम्वाददाता, नेपालका चर्चित उद्योगपति विनोद चौधरी फेरी पनि विश्वका धनिहरु मध्यको सूचीमा परेकाछन । यिनी चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक हुन् । ९० सालको महाभूकम्प गएको २ वर्षपछि सन् १९३५ मा चौधरी परिवारले न्युरोड हालको विशाल बजार अघि वार्षिक २०० रूपैयाँ भाडामा लिएर पसल खोलेको संचालन गरेका थिए । सयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ’फोब्र्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश गराएको छ। उक्त म्यागेजिनले विश्वको एक नं सूचीमा अमेरिकी खर्बपति बिल गेट्स नै परेको उल्लेख गरेको छ । चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर अर्थात् करिब रु एक खर्ब १० अर्ब रहेको सो पत्रिकाले उल्लेख गरेको छ। उक्त म्यागेजिनले बुधबार सार्वजनिक गरेको सूचीमा उनलाई विश्वका अर्बपतिको एक हजार ५७७ औँ स्थानमा सूचीकृत गरेकोछ । चौधरीका भारत, बङ्गलादेश, श्रीलङ्का, सर्बिया, साउदी अरब, रुवान्डा लगायतका देशमा लगानी छ। चौधरीले गत वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट भत्किएका विद्यालय एवम् घर निर्माणका लागि २.५ मिलियन डलर अर्थात् रु २५ करोड सहयोग गरेको फोब्र्सले उल्लेख गरेको छ। मिहिनेत, परिश्रम र लगनशीलता भएमा मानिसले सफलता हात पार्न सक्छ भन्ने स्पष्ट उदाहरण उधोगपति चौधरीले दिएकाछन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित