लन्डन । नेपलीज-ब्रिटिश कम्यूनिटी यूकेले आफ्नो स्थापनाको ६ बर्ष पार गरेको शुभअबसरमा विविध सामाजीक तथा रचनात्मक क्रियाकलाप गरि छैटौ स्थापना दिवस मनाएको छ । लन्डनमा आयोजित उक्त कार्यक्रममा ५ मार्च शनिबारका दिन सस्थाका १८ जना सदस्यहरुले रक्तदान गरे । रक्तदान जस्तो सामाजीक कामलाई एनबीसी ले बिगत २ बर्ष यता नियमित गर्दै आइरहेको छ । आईतबार ६ मार्च स्थापना दिबसको मुख्य दिन दिउंसो साधारणसभा गरि संस्थाको आयब्यय प्रतिबेदन पेश गर्नुका साथै गत बर्षको कार्यक्रमको समिक्षा गरिएको थियो । सभाले आगामी एक बर्षको लागि रक्तदान, बच्चाहरूको लागी नेपाली भाषा कक्षा संचालन , नेपाली बृद्दाहरूको लागि सहयोगको कार्यक्रम गर्ने निर्णय गरेको छ । सभाले कमल राज खनालको अध्यक्षतामा १७ सदसिय कार्यसमिती र ७ जनाको सल्लाहाकार समिती सर्बसम्मतीले चयन गरेको छ । जसमा सचिब मिलन घिमिरे, कोषाध्यक्ष राजेन्द ओझा, र सदस्यहरू समिरनाथ प्याकुरेल , गोपाल आले, लेखनाथ घिमिरे, राम सुन्दर शाहा, बसन्त नेपाल, ऋिष खनाल, खेम जोशी, चुरामणी रेग्मी , अन्जु सिंग्देल, भगबती रानाभाट, सुमन गुरूड़, हरिभक्त न्यौपाने , र प्रसुन राना,र टेक बहादुर पून छन। त्यसैगरि ७ सदसिय सल्लाहाकारमा कमल पौडेल, गंगा बहादुर राना, कुल आचार्य, कृष्ण तिमल्सीना , बासु लामिछाने , बिज्ञान प्रसाई र महेश दाहाल छन। यसरी दिउंसोको औपचारिक कार्यक्रमको समापन पश्चात सॉझ पारिवारिक जमघटमा नेपाली स्वादको डिनर र मनोरन्जन सहित अन्त्यमा एनबीसीको जन्मदिन केक काटेर कार्यक्रम समाप्त गरिएको थियो । यसै बीच एनबीसी यूकेले आगामी ८ अप्रील शुक्रवारका दिन नयां बर्ष कार्यक्रम मनाउने तयारी गरेको छ । अध्यक्ष खनालका अनुसरा सो कार्यक्रममा चर्चित नायिका प्रीयांक कार्की, गायकद्धय हेमन्त शर्मा र शीव परियारको बिषेश प्रस्तुती रहने छ ।
नेपलीज-ब्रिटिश कम्यूनीटी यूकेले मनायो छैटौं बार्सिकोत्सव,
नेपलीज-ब्रिटिश कम्यूनीटी यूकेले मनायो छैटौं बार्सिकोत्सव,

तपाईको प्रतिक्रिया