लन्डन । यहि मार्च ६ तारिख आइतवारका दिन लन्डनस्थित ब्लू अर्कीड रेस्टुरेन्ट नर्थल्टमा भएको पत्रकार महासंघ बेलायतको तेस्रो अधिवेशन सम्पन्न भएकोछ । उक्त अधिवेशनले पत्रकार महासंघ यूके शाखाको अध्यक्ष पदमा नरेश खपाङ्गीलाइ निर्विरोध निर्वाचित गर्दै नयाँ नेतृत्व सुम्पेकोछ । शाखाको वरिष्ठ उपाध्यक्षमा श्याम लुइँटेल र उपाध्यक्षमा धु्रवराज अर्याल र महासचिवमा लीलामान शेरपूर्जा निर्वाचित भए । यस्तै सचिवमा शिव भण्डारी, कोषाध्यक्षमा पूर्ण गुरुङ, सहकोषाध्यक्षमा रोशन राई निर्विरोध भए ।
सदस्यहरुमा नरेन्द्र बस्नेत, सुजन पराजुली, भावना परष्कृत र नृपेश उपे्रती सर्वसम्मत भएका छन् । शाखाको ८ सदस्य कार्यसमितिमध्ये चारजना मात्र सदस्य चयन भए ।अधिवेशनको नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले उद्घाटन गरेका थिए । अधिवेशनले शाखाको आर्थिक तथा बार्षिक प्रतिवेदनलाई पारित गरेको छ । कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना मन्तब्य दिए । अधिवेशनमा बेलायतका लागि कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री, एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङ, पूर्वअध्यक्ष सूर्य गुरुङ, वरिष्ठ समाजसेजी चिरञ्जीवी ढकाल, एनआरएन आइसीसी सदस्य संगिता मरहट्टा, प्रवासी नेपाली मञ्चका अध्यक्ष रामशरण सिम्खडा, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष अनिता विन्दु, महासचिव उजिर मगर, विश्वदीप तिगेला, कोषाध्यक्ष सूर्यमणि गौतम, पूर्व केन्द्रीय सदस्य एवं सञ्चारमन्त्री शेरधन राईका पे्रस सल्लाहकार मातृका पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शखाको निवर्तमान अध्यक्ष चिरन शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चार मन्त्री शेरधन राई र एनआरएन यूरोप संयोजक कुल आचार्यले पठाएको शुभकामना मन्तब्य पढेर सुनाइएको थियो । तस्विर:- एभेरेष्ट गौतम
माननीय शेर धन राईको शुभकामना सुन्न तल प्ले गर्नुहोला:-
बेलायत शाखाका गतिविधिहरु सुन्नलाई तल प्ले गर्नुहोला :-
पत्रकार महासंघ बेलायतको अधिवेसन सम्पन्न , अध्यक्ष्यमा खपांगी निर्विरोध
पत्रकार महासंघ बेलायतको अधिवेसन सम्पन्न , अध्यक्ष्यमा खपांगी निर्विरोध

तपाईको प्रतिक्रिया