• Home
  • विविध
    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना

ट्रेण्डिङ :

        कोरोना एनआरएनए यूके कोरोना नेपाल भ्रमण वर्ष NRN nrna नेपाली मेला बेलायत कोरोना पत्रकार महासंघ यूके नेपाल कोरोना

अन्जु पन्तको बढछ ब्यथा दुख्छ मुटु लण्डनमा सार्वजनिक


  •     / २४ फाल्गुन २०७२, सोमबार १०:१६ प्रकाशीत

  • Advertisement

    nripeshलन्डन, नेपाली सांगीतिक धरातलमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वर अनि कर्णप्रिय आवाजकी धनी अन्जु पन्तको एउटा अर्को म्युजिक भीडीयो सार्वजनिक भएकोछ । प्राय मार्मिक गीतहरुमा आवाज दिंदै आएकी अन्जुको जीवनमा फेरि पनि आफ्नै मान्छे बैरी बनिदिएकोछ । हुन त उनको वास्तविक जीवनमा पनि आफ्नै पति गायक मनोज राज बैरी बन्नाले उनिहरुको बैबाहिक सम्बन्ध टुट्न पुगेका कारण हाल अन्जु एकल जीवन बिताउंदै आएकिछन् । यति हुँदा हुँदै पनि यसपटक उनलाई अझै गाह्रो परेको छ किनकि अन्जुको ब्यथा पनि बढेको छ र मुटु पनि दुखेको छ । उनले आफ्नो यो नयाँ ब्यथा गीतलाई माध्यम बनाएर पोखेकी छिन् । जुन गीतको भिडियो मार्च ६ तारिकका दिन लण्डनमा एक कार्यक्रमका बिच बेलायतका लागि नेपालका कार्यवाहक राजदूत तेज बहादुर क्षेत्री, एनआरएन यूकेका अध्यक्ष मुच्छेत्र गुरुङ र नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र बिष्टले संयुक्त रुपमा बिमोचन गरेकाछन् । गीतको भिडियो हेरे पछि उहाँहरुले गीतको लेखन, संगीत तथा गायनको खुलेर प्रशंसा गरे र सफलताको लागि शुभकामना दिए । 12804360_10154064530232074_235498454_n““बढ्छ ब्यथा दुख्छ मुटु आफ्नै मान्छे बैरी बन्दा, विश्वास गर्नेहरुले नै पाइलै पिच्छे खाडल खन्दा” बोलको यो गीत गीतकार एवं पत्रकार नृपेश उप्रेतीको केही समयअगाडि सार्वजनिक भएको गीत गजलहरुको एल्बम “आहान अर्को खुशी” को एक महत्त्वपुर्ण गीत हो । जसमा अहिलेका चर्चित एवं लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । यस गीतको बारेमा गीतकार उप्रेती भन्छन्, “यो गीत नलेखिएको भए सायदै म मेरा गीतहरु रेकर्ड गरेर एल्बमको रुपमा निकाल्न प्रेरित हुन्थे, nripe यही गीत लेखेपछि नै मलाई गीतहरु रेकर्ड गर्ने र एल्बम निकाल्ने प्रेरणा मिलेको हो र एल्बममा सम्हिलित सबै नौ वटा गीतहरु राम्रा भए पनि मलाई सबै मनपर्ने गीत यही हो” ।
    रत्न जोशीको निर्देशनमा बनेको बढ्छ ब्यथा गीतको भीडीयो गीतको भाव जस्तै प्रेम समर्पण र धोकामा केन्द्रित छ । जसमा कलाकारहरु महिमा, ज्योति र वादलको महत्त्वपूर्ण भुमीकामा देखिएका छन् । यस अघि गीतकार उप्रेतीका आहान अर्को खुशी एल्बमको प्रमोद खरेल र शिव परिवारको आवाजको “आफ्नै जिन्दगी आफैलाई भारी भारी भाको छ” र अन्जु पन्त स्वयंले मोडलिङ्ग गरेको र लण्डनमा खिचिएको ” जुनी जुनी मेरै बन” बोलका दुई गीतहरुको म्युजिक भीडीयो सार्वजनिक भइसकेका छ्न् । गीतकार उप्रेती पत्रकार महासंघ यूकेको कार्यसमितिको सदस्य पनि हुन् ।
    म्युजिक भीडीयो हेर्नको लागि तल प्ले गर्नुहोला ।

    Like this:

    Like Loading…

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    केन्द्रिय मगर संघ यूकेको युवा विभाग अध्यक्षमा दीपक थापा माइथाने
    गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा
    संघीय संसद्को हिउँदे अधिवेशन ||LIVE||
    Advertisement
    ताजा अपडेट
    • १. क्षेत्री समाज बेलायतको १९औँ वार्षिक भेटघाट सम्पन्न, इतिहास समेटिएको पुस्तक विमोचन

    • २. सात समुद्रपारि नेपाली मौलिकता जोगाउँदै ‘गणेशा ह्यान्डीक्राफ्ट्स’

    • ३. मैत्रीपूर्ण फुटबलमा कार्डिफ र कुम्ब्रान १–१ बराबरी, वेल्सका युवा खेलकुदमार्फत एकताबद्ध

    • ४. पत्रकार महासंघ यूकेमा थपिए सल्लाहकार, १५ औं स्थापना दिवस भव्य रूपमा मनाइने

    • ५. ‘नेपाली भिलेज यूके’: बेलायतमा नेपालको मौलिकता चिनाउने ऐतिहासिक परियोजना

    धेरै पढिएको
    • १. क्षेत्री समाज बेलायतको १९औँ वार्षिक भेटघाट सम्पन्न, इतिहास समेटिएको पुस्तक विमोचन

    © 2016-2024 Gurkha Radio- गोर्खा रेडियो | All rights Reserved.
     Website By :  WebsoftNepal

    Gurkha Radio- गोर्खा रेडियो

    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
      • Back
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना
      • Back

    Loading Comments...

      %d