बेलायतका गजल पारखीहरुलाई झुमाए आनन्द कार्कीले,

12842611_1025953674094596_1575597116_oलन्डन, बेलायत भ्रमणमा रहेका गायक आनन्द कार्कीले आफ्ना सम्पूर्ण समयलाई निकै व्यस्तताकासाथ् बिताउंदै आइरहेकाछन । गत शनिवाका दिन डार्टफोर्ड केन्ट को फ्लीटडाउन कम्युनिटी हलमा उनले छुट्टै किसिमको मनोरंजन दिएका थिए । रेकर्ड (ट्रयाक) बजाएर दिइने प्रस्तुतीहरु भन्दा नितान्तै भिन्न उक्त कार्यक्रममा खचाखच भरिएका दर्शक तथा श्रोता माझ करिब तिन घण्टा लाइभ प्रस्तुती दिएका थिए । निर्धारित समय भन्दा केहि ढिला गरि शुरु भएको सो कार्यक्राममा श्रोताहरुलाई फ़काउदै आफ्नै गजल “तिम्रो मुहारमा रिस सुहाएन ” बाट पहिलो प्रस्तुती पस्कीएका कार्कीले नेपाली हिन्दी गरि करिब दुइ दर्जन गजलहरु गाएका थिए । दर्शक तथा श्रोता बीच पुगेर फर्माइस लिदै फ्लोरबाट नै दोहोरो सम्बाद स्थापित गराउदै कार्यक्रमलाइ जिवन्त पार्न सहजीकरण गजेन कटुवाल ले गरेका का थिए भने स्थानीय कलाकार दीपक थापाले बिचमा आफ्नो गायन प्रस्तुत गरेका थिए । बाध्यबादनमा सुनिल न्यौपाने , मुकेश गजमेर , दिनेश थापा , र हितेश अनुज ले साथ दिएका थिए । बेलायतमा यो उनको पहिलो लाइभ प्रस्तुती हो उनको यो प्रस्तुतीलाइ नछुटाउन करिब ९० माइल टाडा बाट समेत श्रोताहरु आएका थिए । 12810434_1025953824094581_425509475_oयो कार्यक्रम हेरेर प्रतिक्रिया दिदै बेलायतका नेपाली समुदायका अग्रज ड़ा. राघव धिताल भन्छन “म यो लाइभ हेर्न भनेर आज डेढ घण्टा ड्राइभ गरेर परिवारका साथ् आएको छु यस्तो राम्रो प्रस्तुति तथा ब्यस्थापन पनि बेलायतमा गर्न त सकिने रहेछ, यसको लागी आयोजक तथा गायक आनन्द कार्की लाइ धेरै धरै धन्यबाद” । त्यस्तै हेल्प नेपालका यूकेका सचिन श्रेष्ठ (जसले लेरोयल अल्बर्ट हलमा कार्यक्रम संयोजन को अनुभब समेत संगालिसकेकाछन छन् ) उनि भन्छन ” सधै भरि ट्रयाकमा सुन्दा सुन्दा दिक्क भैसकेका श्रोतालाइ यसरि लाइभ कार्यक्रम सुन्ने अवसर दिलाएकोमा आयोजक रेन्वो इभेन्टलाई धन्यबाद” दिन चाहन्छु । लाइभ सुन्न केंटावरी केन्ट बाट आएका घन थापा भन्छन “ टाढा बाट कार्यक्रम सुन्न आएको र सोहि बमोजिम सन्तुस्ट पारिदिएकोमा गायक कार्की प्रती हार्दिक आभार ब्यक्त गर्दछु ” । वास्तवमा यो एउटा अत्यन्तै सफल र नितान्तै भिन्न “गजल लाइभ” थियो । अन्तमा “चलते चलते मेरे ये गीत याद रख्ना कभी अलबिदा ना कहना ” भन्दै कार्कीले कार्यक्रम को बिट मारेका थिए । रेन्वो इभेन्ट को आयोजनालाइ क्लेरा वाइन चार्ल्टन, र कन्सोल ट्रावलले समेतले सहयोग उपलब्ध गराएका थिए । बेलायतमा केहि समय देखि निरन्तर व्यस्त रहँदै आएका गायक आनन्द कार्की यो प्रस्तुतिबाट अत्यन्तै सन्तुष्टि भएको बताउछन ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित