नेपाल पत्रकार महासंघका अध्यक्ष्य डा. महेन्द्र बिष्ट लण्डनमा

12795288_10153264996995303_1130436746368435222_nलन्डन, नेपाल पत्रकार महासंघका अध्यक्ष्य डा. महेन्द्र बिष्ट आज बिहान यूके आइपुगेकाछन । नेपाल पत्रकार महासंघ यूकेको आइतवार सम्पन्न हुन गैरहेको तेस्रो अधिवेसनमा भाग लिन अध्यक्ष बिष्ट लन्डन आइपुगेका हुन् । सोही अधिवेसनमा भाग लिन कोषाध्यक्ष सुर्यमणि गौतम, सञ्चारमंत्रीका प्रेस सल्लाहकार मातृका पौडेल पनि लन्डन आइपुगेकाछन ।सचिव उजिर मगर यसअघि नै लन्डन आइसकेका छन् । उपाध्यक्ष अनिता बिन्दु आजै साँझ लन्डन आउने भएकीछन् । शाखाको तेस्रो अधिवेसनले नयां कार्यसमितिको समेत चयन गर्ने छ । आइतवार सम्पन्न निर्वाचन मनोनयमा अध्यक्षका लागि नरेश खपांगी मगरको मात्र उम्मेदवारी परेको छ । 12821598_10153264997015303_6886837169997784704_n
अध्यक्षसंगै सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पनि निर्विरोध भएका छन भने ८ जना सदस्यको पदमा ४ जनाको मात्रै उम्मेदवारी परेको छ । सचिवमा शिव भण्डारी, कोषाध्यक्षमा पुर्ण गुरुंग र सहकोषाध्यक्षमा रोशन राई एक्ला उम्मेदवार भएपछि निर्विरोध भए । सदस्यहरुमा नृपेश उप्रेती, सुजन पराजुली, नरेन्द्र बस्नेत र भावना परिस्कृत राई पनि निर्विरोध नै भएका छन । वरिष्ठ उपाध्यक्षमा श्याम लुईंटेल र धर्मराज अधिकारी, उपाध्यक्षमा ध्रुबराज अर्याल र मिलन वाग्ले तथा महासचिवमा लिलामान शेरपुञ्र्जा र नारायण गाउंलेको उम्मेदवारी कायमै रहेकोले उनीहरु बीच प्रतिस्पर्धा हुने भएकोछ । लण्डनको नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्टमा हुने अधिवेसनमा बेलायतस्थित राजनैतिक दल, सामाजिक संघसस्थाका प्रमुख लगायतले शुभकामना दिने कार्यक्रमतय गरिएको छ । अधिवेसनको लागि सम्पूर्ण तयारी लगभग पूरा भैसकेको जानकारी बर्तमान अध्यक्ष्य चिरन शर्माले जानकारी दिएकाछन् ।
फोटो-राज बिष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित