लन्डन । गत फेब्रुअरी २८ तारिख शनिवारका दिन ब्लू अर्किड रेस्टुरेन्टमा भएको एक कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा नरेश खपांगीमगर निर्विरोध भएका छन् । शाखाको ६ मार्चमा हुने तेस्रो अधिवेसनका लागि आइतबार भएको उम्मेदवारी दर्ता प्रक्रियामा अध्यक्ष पदका लागि खपांगीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन् । यसअघि विमला सेनेले उम्मेदवारी दिएपनि पछि उनले एकताका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् । यसको औपचारिक घोषणा भने ६ मार्च आइतबार अधिवेशनकाबीच हुनेछ । निर्वाचन समितिले जनाएअनुसार, कोषाध्यक्षमा पूर्ण गुरुङ, सहकोषाध्यक्ष रोशन राई, सचिव शिव भण्डारी र सदस्यहरुमा नरेन्द्र बस्नेत, सुजन पराजुली, भावना परिष्कृत र नृपेश उप्रेतीको मात्र उम्मेदवारी परेकाले उनीहरु पनि निर्विरोध भए । निर्वाचन समितिको संयोजकमा विजय थापा र सदस्यहरु भगिरथ योगी, नवीन पोखरेल, कृष्ण भट्ट र सुरेशजंग शाह एवं कानुनी सल्लाहकार राजु थापा छन् । अन्य उम्मेदवारहरु वरिष्ठ उपाध्यक्ष क. धर्मराज अधिकारी ख. श्याम लुईंटेल ३. उपाध्यक्ष क. मिलन शर्मा ख. ध्रुवराज अर्याल ४. महासचिव क. लिलामान शेरपुन्जा ख. नारायण पौडेल गाउंले रहेका छन् ।